शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मोस्ट वान्टेड’ विजेता रेशम चौधरीको सिंहदरबार यात्रा के होला ? प्रहरी भन्छ, ‘जहाँ भेटे पनि समात्छौँ’

मङ्गलबार, २६ मङ्सिर २०७४, १३ : ४९
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौँ । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरीले नेपाल–भारत सीमानामा बसेर निर्वाचन परिचालन मात्रै गरेनन्, विपक्षीलाई करिब २१ हजार मतान्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका छन् । 

कैलाली–१ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित चौधरीले बाम गठबन्धनका उम्मेद्वार गरिमा शाहलाई पराजित गर्दै, विजयको सगरमाथा त चुमे, तर उनको सिंहदरबारको यात्रा भने महंगो पर्ने देखिएको छ । 

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक नावालक हत्या अभियोग लागेका चौधरी त्यतिबेला देखि नै नेपाल प्रहरीको फरार अपराधी हुन् । उक्त घटनामा संलग्न अन्य २५ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाईसकेको छ, उनीहरु हाल जेलमा छन् । प्रहरीले चुनाव जितेपनी रेशमलाई पक्राउ गरेर अदालत बुझाउने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले भने, ‘कानुनतः, रेशम चौधरी पक्राउ परेर अदालत पेश गर्नुपर्ने व्यक्ति हुन्, भेटेको ठाउँमा जहाँ पनि समातेर अदालत पेश गर्छौँ ।’ 

प्रहरीले आँखामा पर्ना साथ समात्ने चेतावनी दिएसँगै रेशमलाई प्रमाणपत्र लिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा उपस्थित हुन समेत समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) विनोद घिमिरेका अनुसार ‘टिकापुर हत्याकाण्ड’को फरार सूचिमा रेशमको नाम पहिलो नम्बरमा छ । रेशमले चुनाव जित्नु नजित्नुसँग आफ्नो सरोकार नभएको बताउँछन् एसपी घिमिरे ।

 ‘रेशम हाम्रो हाम्रो रेकर्डमा फरार अपराधी हो, अरु फरार अपराधीलाई जे गर्र्छौँ रेशम चौधरीलाई पनि त्यही गर्छौँ,’ एसपी घिमिरेले भने, ‘प्रमाणपत्र लिन आउँदा मात्र हैन, कतै छ भन्ने सुराकी पाएमा छापा मारेर भए पनि पक्राउ गर्छौं ।’ 

राष्ट्रिय जनता पार्टीको झण्डा लिएर चुनाव लडेका चौधरीको घरमा आन्दोलनका क्रममा क्षति पुगेको भन्दै सरकारले क्षतिपुर्ति समेत दिएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला २०७३ भदौमा दिल्लीमै रेशमले भेटेका थिए ।  

के थियो घटना ? 
थरुहट आन्दोलन उत्कर्षमा पुग्दै थियो, त्यस्तोमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरी अधिकृतहरु कैलालीको मुनुवा–६ सिलम चौराहामा पुगेका थिए । सस्मांकनको विरोधमा भएको आन्दालनका क्रममा त्यस दिन आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’को बोर्ड राख्ने कार्यक्रम राखेका थिए । 

आन्दोलनकारीहरु निषेधाज्ञा तोडेर अघि बढेपछि प्रहरी र आन्दोलनकारीको बीचमा झड्प शुरु भयो । करिब १० हजारको संख्यामा छुरा, भाला र बञ्चरो सहितका घरेलु हतियार बोकेका आन्दोनलका प्रहरीमाथि खनिए । त्यस्तोमा ‘भीडलाई सम्झाएरै निन्त्रणमा लिन सकिन्छ, दमन गर्नुहुँदैन’ भन्ने मान्यतका एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी अधिकृतहरु फिल्डमा थिए । आन्दोलनकारीको आक्रमणबाट एसएसी न्यौपाने, ईन्सपेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भयो । घट्नामा प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवल्दा रामबिहारी थारु, सहायक हवल्दार ललित साउद र दुई बर्षीय बालक टेकबहादुरको साउदको पनि गोलीको छर्रा लागेर मृत्यु हुन पुग्यो । दुई बर्षीय बालक टेक बहादुर सहायक हवल्दार नेत्र साउदको छोरा हुन् । 

प्रहरीले रेशमलाई यो हत्याकाण्डको मुख्य अभियुक्त किटान गरेको छ । 

को हुन् रेशम ? 
रेशम चौधरीले कैलालीमा समाजसेवीको छवी बनाएका थिए । टिकापुरमा सक्रिय रेशमले ‘टिकापुर हत्याकाण्ड’ हुनुअघी विभिन्न सामाजिक गतिविधि गरेर आफूलाई स्थापित गरिसकेका थिए । 

टिकापुरमा फुलवारी महोत्सव गरेर देशभरीका कलाकारको कुम्भमेला गराउनु, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नु त्यहाँको लागि नौलो काम थियो । स्थानीय एफएमसमेत सञ्चालन गरेका रेशमले टिकापुरमा हात्तीको फुटवल खेल प्रदर्शन गर्नुका साथै रेस्लिङको आयोजना गरेर चर्चा कमाएका थिए । ‘थारु मसिहा’को रुपमा आफुलाई प्रस्तुत गर्ने रेशम थरुहट आन्दोलनको अग्रपंक्तिमा थिए । थारुको पक्षमा दिलो ज्यान दिएर लागेको कारण पनि थारु बाहुल्य क्षेत्रमा वारेशनामा मार्फत उम्मेद्वारी दिएको भरमा उनले प्रतिनीधिसमा सदस्यको निर्वाचन जित्न सफल भएको बताइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप