शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

शुक्रबार, २९ मङ्सिर २०७४, २० : २१
शुक्रबार, २९ मङ्सिर २०७४

ताप्लेजुङ – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक गाउँलाई सडक सञ्जालले करिडोरसँग जोड्नेलगायत निर्वाचनअघि आफूले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । 

निर्वाचनमा मत दिएर जिताएका जनतालाई धन्यवाद दिन आज फुङलिङ, याङवरक, सिरिजंघा, सिदिंवा र फक्ताङलुङ गाउँपालिका पुगेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले सबै गाउँलाई यातायातको पहुँचमा पुर्याउन सके पर्यटन प्रर्वद्धन हुनाका साथै कृषिको व्यवसायीकरण बढ्ने बताए । यस्तै तमोर, काबेलीलगायत जलाशय क्षेत्रलाई उपयोग गरी ताप्लेजुङलाई विद्युत्को भण्डारका रुपमा विकास गरिने पनि उनको भनाइ छ ।

सो अवसरमा प्रदेशसभा सदस्यमा निर्वाचित टंक आङ्बुहाङले गाउँगाउँमा सिंहदरबार आइपुगेकाले अब जनताले हिजोको जस्तो दुःख नपाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप