मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंको अमादब्लम होटलमा भारतीय नागरिकको हत्या

बिहीबार, १३ पुस २०७४, ११ : २१
बिहीबार, १३ पुस २०७४

काठमाडौं– काठमाडौंको गौशालास्थित अमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ । बुधबार राती भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको बताइएको छ ।
बुधबार मध्यराती कुटपिटका कारण गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागी केएमसी अस्पतालमा भर्ना गरिएको थियो । गुरुङ बुधबार देखि सोही होटलमा बस्दै आएका थिए ।  
हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले डोंगी शेर्पा सहित पाँच जना होटलका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा होटल प्रशासन र गुरुङबीच झगडा र कुटपिट भएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए । 
उनले भने, ‘होटल प्रशासन र गुरुङबीच झगडा भएको देखिएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप