शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनपछि मृतकका परिवारले शव बुझे: प्रहरीप्रति सर्वसाधारणको यस्तो गुनासो

आइतबार, १६ पुस २०७४, ०९ : २८
आइतबार, १६ पुस २०७४

तनहुँ - गोरखा घर भई हाल व्यास ४ (ससुराली)मा बस्दै आएका २५ वर्षीय ओम बहादुर विकको गत मंगलवार कर्तव्य गरी हत्या गरिएका बिक थरका एक व्यक्तिको चार दिन पछि पीडित परिवारले शुक्रवार शव बुझेका छन् । 

सदरमुकाम दमौलीमा भएको घटनाकोअनुसन्धानमा लामो समय वितिसक्दा पनि पत्ता लगाउन नसक्दा तनहुँ प्रहरी माथि सर्वसाधारणले विभिन्न टिकाटिप्णी गर्न थालेका छन् । 

सदरमुकाममै भएको घटनाको पाँच दिन बितिसक्दा पनि कुनै टुङ्गो लगाउन नसक्नु प्रहरीको कमजोरी भएको दमौलीबासीले बताएका छन् । घटनामा संलग्न भएका भनिएका व्यक्तिलाई नै प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न नसकेको सर्वसाधारणको गुनासो छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले प्रहरीले तीन चार कोणबाट अनुसन्धान भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं सूचना अधिकारी सुनिल मल्लले अनुसन्धान कार्य जारी रहेको र हाल सम्म कसैलाई पक्राउ नगरिएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप