यस्तो छ, पाल्पाको प्रारम्भिक परिणाम, तानसेनमा एमालेको अग्रता
सुवास विश्वकर्मा
पाल्पा– स्थानीय तह दोस्रो चरणको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पाल्पाको दुई नगरपालिकासहित सबै स्थानीय तहको गणना जारी रहेको छ ।
सदरमुकामस्थित तानसेन नगरपालिकाको गणना थालिएको छ । प्रारम्भिक परिणामअनुसार तानसेन नगरपालिकाको १ र २ वडाको मतगणनामा एमालेले अग्रता देखिएको छ ।
६ सय ५ मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार लक्ष्मी पाठकले २ सय ८३ मत पाएका छन् । नेकपा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार अजयमान कर्माचार्य २ सय १५, उपमेयर लालकुमारी रानाले २ सय ५५ मत नेकपा माओवादी केन्द्रको मेयर पदकी उम्मेदवार प्रतीक्षा सिँजालीले २४, उपमेयर धनेन्द्रराज घिमिरेले ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राप्रपाको मेयर उम्मेदवार ११, राष्ट्रिय जनमोर्चाका मेयर उम्मेदवार टीकाराम पौडेलले १, मसाल ४, र स्वतन्त्र उम्मेदवारले ४ मत पाएका छन् । पाल्पाको २ नगरपालिका र ८ गाउँपालिकामा मतगणना जारी छ ।
१ लाख ६२ हजार २ सय ५३ मतदाता रहेको पाल्पामा २ नगरपालिका र ८ गाउपालिकामा गरी स्थानीय तहको निर्वाचनबाट ४ सय २५ जनप्रतिनिधि चुनिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)