शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिशोध साँध्न सिलवालविरुद्ध डिफ्युजन नोटिस : एमाले

सोमबार, ०८ माघ २०७४, २२ : ५३
सोमबार, ०८ माघ २०७४

काठमाडौँ । सांसद नवराज सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको समाचारप्रति नेकपा एमालेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको विषय जनताको अभिमतको अपमान भएको एमालेको स्थायी कमिटीले ठहर गरेको हो ।

बैठकपछि पार्टी सचिव प्रदीप ज्ञवालीलले जारी गरेको विज्ञप्तिमा सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर गतिविधिहरु भइरहेको पनि पार्टीले आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,
 ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप