शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिफ्युजन नोटिस जारी भएपछि सिलवाल भन्छन्, ‘अझै पनि उसको निरंकुश शासन कायम छ’

मङ्गलबार, ०९ माघ २०७४, १० : ०८
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ । प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सांसद नवराज सिलवालले अझै पनि सरकारको निरंकुश शासन शैली कायम रहेको बताएका छन् ।

आफूविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सिलवालले भनेका छन्,

कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन् । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरणा आफूविरुद्ध प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग भइरहेकोे बताउँदै आएका सिलवालले यसबिरुद्ध डटेर सामना गर्ने बताउँदै आएका छन् ।

‘सिलवाल नेपालबाहिर रहेको’ ठहरसहित नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी हुने भएपछि केही दिनअघि सिलवालले भाइबरमार्फत पत्रकारलाई फोन गरेर आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको सनसनीपूर्ण बयान दिएका थिए ।

लगत्तै एक्सनमा आएको प्रहरीले माघ सात गते डिएसपी नहकुल पोखरेलको कमाण्डमा सिलवाललाई खोज्न १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पठाएको थियो । तर, सिलवाल हात नलागेपछि प्रहरीले सोमबार डिफ्युजन नोटिस जारी गरेको थियो ।

यता, नेकपा एमालेले पनि सिलवालमाथि प्रतिशोधको आधारमा डिफ्युजन नोटिस जारी भएको बताएको छ ।

पार्टीको स्थायी समितिले सांसद सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित  भएर क्रियाकलापहरु भइरहेको बताउँदै सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण समेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप