बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले ल्यायो नयाँ ओपो ए ८३ , यस्ता छन् विशेषता

बुधबार, १० माघ २०७४, १४ : ४८
बुधबार, १० माघ २०७४

काठमाडौ– सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभलक्यामेरा फोन अन्तर्गत नयाँओपो ए८३ सार्वजनिक गरेको छ । ए ८३ मा यो मूल्य श्रेणीका फोनमा विरलै उपलब्धहुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध गराइएको छ । 
जसले युवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि पनि उपलब्ध गरिएको छ । ३ जीबी ¥याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको यो फोनको मूल्य रु. २४ हजार ९ सय ९० निर्धारण गरिएको छ । 
कम्पनीको नेपाल भरका विक्रि केन्द्रमामार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 
एआई स्मार्ट ब्यूटी
८ मेगा पिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३माएआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमातपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुखचारित्रिकविशेषताको पहिचान गरी तिनको सुन्दरताकायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुतगर्न सघाउँछ । 
एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवीफोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुतगर्न सघाउँछ । यसले स्वचालित रुपमाहजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमातस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ । 


फ्ल्यागशिपफुल स्क्रिन, फेसियल रिकग्निसनफिचर र फेशनेबल लुक
ए८३को आकार जम्मा ५.७ ईञ्च छ । तर, यसमा रहेको स्क्रिनको आकार भने ५ ईञ्चको छ । आफ्ना पछिल्ला मोडलका तुलनामायसको बेजल रेसियो १८ः९ राखि एण्ट्रि लेभलफोनमै फुल स्क्रिनको मज्जा पस्कन कम्पनी सफलभएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुतिलिन सकिन्छ । आज सम्मअधिकांशप्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिपमोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमाआफ्ना थपउपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथदिनयसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्थागरिएको छ । 


सार्वजनिकनयाँफोनमा फेस अनलक सुविधापनिउपलब्धगरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलकगर्न सकिन्छ । औँलाभिजेको अवस्थावाहातब्यवस्त रहेको अवस्थामाफोन उठाउन पर्दा यसले विशेष सहजताप्रदान गर्छ । 
डिजाइन 
ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) माआधारित भइगरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथयसमायूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । 

सहज परिचालन 
ए८३को निर्माण उपाभोक्तालाई सहजतथाआरामदायी परिचालनअनुभवदिने सोचका साथगरिएको छ । फोनमा जडित ३जीबी सञ्चालन मेमोरीले विशेषगरी यूवावर्गलाई गेमिङको भरपुर मज्जालिन सघाउँछ । साथै, यसमादूई ओटा नानो सिम र १ थानएसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ । एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चयक्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । फोनमाप्रयोग गरिएको नयाँकलर ओएस ३.२ सञ्चालन प्रणली र फाइलआदानप्रदानकालागिउपलब्धगरिएको ओ–सेयरले ६ देखि ७ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप