केन्द्रीय संस्करण

प्रजातन्त्र सेनानी पण्डितको निधन

person access_timeफागुन २, २०७४ chat_bubble_outline0

भक्तपुर - प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । 

लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आउनुभएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो । 

पण्डितले प्रजातान्त्रिक लडाईंका क्रममा पटकपटक गरी १८ वर्ष जेलजीवन बिताउनुभएको थियो । उहाँ जेलमा रहँदा नेपाली काँग्रेसका नेताहरु स्व कृष्णप्रसाद भट्टराई, स्व गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका नेताहरुको भान्छेका रुपमा समेत काम गरेका थिए । 

नेपाली काँग्रेसको आह्वानमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उनी काँग्रेसको कुनै पनि कार्यकारी पदमा भने बस्नु भएन । साथै, कुनै पनि सरकारी लाभको पदमा समेत बसेनन् । पण्डितको गएराति नै हिन्दू धार्मिक परम्पराअनुसार दाह संस्कार गरिएको छ । 

यसैबीच, नेपाली काँग्रेस भक्तपुरले पण्डितको निधनले पार्टीलाई अपूरणीय क्षति भएको जनाएको छ । काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले जारी गरेका शोक वक्तव्यमा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी पण्डितको निधनले काँग्रेस भक्तपुरले आफ्नो अभिभावक गुमाएको उल्लेख गर्दै पण्डितको त्याग र बलिदानले पार्टीलाई मार्गदर्शन गर्ने जनाइएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ