शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करीको नयाँ शैली : सप्तकोसीमा बगाएर भारततर्फ नेपाली मदिरा !

बुधबार, ०२ फागुन २०७४, ११ : ११
बुधबार, ०२ फागुन २०७४

मनोज भुजेल

 इटहरी– भारतमा मदिराजन्य पेय पदार्थमा प्रतिबन्ध लगाएपछि तस्करहरुले नेपाली बजारबाट मदिराको तस्करी गर्न थालेका छन् । 

भारतको विहारमा मदिरा बेचविखन र सेवनमा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपाली भू–भागबाट भारतीयहरुले मदिराको तस्करी गर्न थालेका हुन् । 

नेपाली मदिरा भारतीय क्षेत्रमा तस्करी गर्न यहाँ नौलो उपाय प्रयोग गर्ने गरेको पाइएको छ । 

भाण्टावारी र कोशीब्यारेज क्षेत्रबाट मदिरा तस्करी गर्न पानीमा तैरिने गरी बोरामा हालेर कोशी नदीमा बगाउने र भारतस्थित गन्तव्यमा पुगेपछि उतार्ने गरिएको पाइएको हो । त्यसैगरी सप्तकोशीमा माछा पार्ने ढुंगासहितका मछुवाराहरुले आफ्नो डुंगाको तलपट्टी मिलाएर मदिरालाई बाधेर समेत भारत पु¥याउँने गरेको स्थानीयहरुले बताएका छन् । 

नेपालमा २० देखि २५ रुपैयाँसम्म पर्ने मदिरा भारतको कर्जाईन, राघोपुर, सिमराहीलगायतका क्षेत्रमा लुकिछिपी भारु १२५ रुपैयाँसम्ममा बेचबिखन हुने गरेको छ ।

तस्करहरुले मदिरा तस्करीमा महिला तथा बालबालिकासमेत प्रयोग गर्ने गरेका छन् । यसरी फस्टाउँदै गएको मदिरा कारोबार नियन्त्रणमा प्रहरीले ठोस कदम चाल्न नसकेको स्थानीय बताउँछन् । सुरक्षाकर्मीसँगकै सेटिङमा कारोबार हुने गरेको कतिपयको आरोप छ । 

नेपाली मदिराको तस्करी दशगजाबाट हुने गरेपनि पछिल्लो समयमा सीमा क्षेत्रमा एसएसबीले कडाई गरेपछि सप्तकोशी नदीबाट बगाएर तस्करी गर्ने गरेको जानकारहरु बताउछन् । 
सुनसरीको भाण्टावारी, लौकही, श्रीपुर, कप्तानगञ्ज लगायतका स्थानमा सीमा नजिकै मदिरापसल संञ्चालन गर्नेहरुको संख्या पनि बढेको छ । यस क्षेत्रमा ४० भन्दा बढी मदिरा पसल संञ्चालनमा आएका छन् । जिल्लामै सबैभन्दा बढी मदिरा यही क्षेत्रमा खपत हुने गरेको मदिरा डिलरहरुको दाबी छ । 

होटल अगाडी राखिएको सबारीमा आगजनी
यसैबीच  धरानमा होटल अगाडी पार्किङ गरेर राखिएको सबारी साधनमाथि आगजनी भएको छ । 

धरान–७ स्थित शान्तिपथमा रहेको बुढासुब्बा होटल अगाडी पार्किङ गरेर राखिएको को २३ प ४५६९ नं. को मोटरसाइकल र को १ ज ४००१ नं. को कारमा आगजनी भएको हो । 

झापा मेचिनगर नगरपालिका बस्ने राजु महर्जनको सुजुकीको कार र संखुवासभा चिचिला गाउपालिका बस्ने असिम राईको २२० सिसिको मोटरसाइकल आगजनीबाट नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

राति करिब १ बजे भएको आगलागी धरान उपमहानगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगजनी कसले र किन गरयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप