पाकिस्तानका विदेशमन्त्री रुस भ्रमणमा निस्किदै
सोमबार, ०७ फागुन २०७४, १६ : ४३
एजेन्सी– पाकिस्तानका विदेशमन्त्री खवाज मोहम्मद असिफ रुसको औपचारिक भ्रमणका लागि सोमबार मस्को जाने भएका छन् । उनले यही फेब्रुअरी १९ देखि २२ सम्म रुसको औपचारिक भ्रमण गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
त्यस भ्रमणका क्रममा विदेशमन्त्री खवाजले रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुने पनि विदेशमन्त्रालयद्वार प्राकाशित विज्ञप्तिमा जनाइएको छ । त्यस वार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका विभिन्न विषयमा कुराकानी हुने समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक