बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रका इन्सपेक्टरमाथि यस्तो आरोप, डिआईजीले लिए ‘एक्सन’

बुधबार, ०९ फागुन २०७४, १३ : ०६
बुधबार, ०९ फागुन २०७४

संजय मिश्रा
 

रौतहट –तस्करलाई भारतीय कुखुुराको तस्करी गर्न लाइन दिएको सशस्त्र प्रहरीका एक इन्सपेक्टरमाथि आरोप लागेको छ । 

डिआईजी कबिरमान श्रेष्ठको निर्देशनमा रौतहटस्थित सशस्त्र बेश क्याम्प फतुुआका ईन्चार्ज मुुकेश बुुढाथोकी सशस्त्र प्रहरी मध्य क्षेत्रिय बाहिनी पथलैयामा तानिएका हुन् ।

 डिआइजी श्रेष्ठको मौखिक निर्देशनमा बुुढाथोकीलाई दुुईदिन अघि क्षेत्रमा तानिएको बताइएको छ । 

तिनदिन अघिमात्र कागजपत्र चेकजाँच नै नगरी एक भ्यान भारतिय कुुखुुरा भित्रयाएको सुुचनाको आधारमा ईन्सपेक्टर बुुढाथोकी लाई क्षेत्रमा तानेर आवश्यक सोधबुुझ भईरहेको डिआईजी कबिन्द्र मान श्रेष्ठले जानकारी दिए । 

कुुखुुरा ब्यवसायी संघ रौतहटका अध्यक्ष रामबिनोद पाण्डेले  हाल जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र क्वारेन्टाईनका कर्मचारीको मिलोमतोमा ठुुलो परिमाणमा भारतिय कुुखुुराको तस्करी भईरहेको दाबी गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप