रातो बङ्गला र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
सरकारको अनुमति विना विदेशी पाठ्यक्रम पठनपाठन गर्दै आएको विषयमा स्पष्टीकरण सोधिएको केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले अनुमतिविना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई कारबाही गर्न शिक्षामन्त्रीले निर्देशन दिएकी थिइन् । उनको निर्देशनको आधारमा केन्द्रले मन्त्रालयले अनुमति नलिई शैक्षिक कार्यक्रम सञ्चालन गरेको भन्दै जवाफ दिन भनेको हो ।
शिक्षा मन्त्रालयले यसअघि विना विदेशी कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयमा विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको थियो । मन्त्रालयले अनुमति लिएका र अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयको विवरणसमेत सार्वजनिक गरेको थियो । विवरण सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले त्यस्ता विद्यालयमा तत्काल अनुगमन गर्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएकी थिइन् ।
त्यस्ता विद्यालयले विना अनुमति विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग मासिक ५० हजारभन्दा बढी शुल्क असुल गर्दै आएको पाइएको थियो । मन्त्रालयले २०८० चैत २३ गते एउटा सूचना जारी गरेर अभिभावकलाई यस्ता विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना नगर्न आग्रह गरेको थियो ।
शिक्षा मन्त्रालयको अनुमतिविना ए–लेभल, इन्टरनेशनल ब्याकलरियट (आईबी), सीबीएसई लगायतका विदेशी शैक्षिक कार्यक्रमहरू सञ्चालन हुँदै आएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण