मुलुकमा बिकासको मुहान खुल्छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारले पुर्णतापाएसँगै मुलुकमा बिकासको मुहान खुल्ने बताएका छन् ।
उनले दुई दिनभित्र मन्त्रिमण्डल विस्तार हुने पनि बताए ।
काठमाडौंको इन्द्रदहमा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘यो सरकारले पाइला पाइलामा विकास निर्माणका काम गर्नेछ, अरु सरकारजस्तो यो सरकार निदाएर बस्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारले देशको विकास निर्माण अघि बढाउने क्रममा पानीको थोपाथोपा र जमिनको एकएक टुक्राको सदुपयोग गर्ने पनि बताए ।
भने, ‘‘विकासका क्रममा अव यो देशको पानीको थोपाथोपा र जमिनको टुक्राटुक्रको पनि सदुपयोग हुन्छ’
फरक प्रशंगमा एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालका ऐतिहासिक किल्ला र गढीको संरक्षण तथा पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भइरहेको पनि बताए । उनले इन्द्रदहमा हाल रहेको कालु पाँडेको अर्धकदको शालिक पुर्ण कदको बनाउने घोषणा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने