विद्युतीय कारोबार ऐन परिवर्तन गर्न नेपाल प्रहरीको माग
काठमाडौं– नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । प्रहरी नायव महानिरीक्षक पुस्कर कार्कीले सूचना प्रविधिको दुरुपयोगबाट हुने सुरक्षा चुनौती सामना गर्न पनि विद्युतीय कारोबार ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समय अनुकूल ऐनको अभावमा पनि सूचना प्रविधिको दुरुपयोग गर्नेहरुमाथि कार्वाही गर्न प्रभावकारी कदम चाल्न सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
सरकारले २०६४ सालमा बनाएको विद्युतीय कारोबार ऐन हालसम्म एकपटक मात्रै संशोधन भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख समेत रहेका कार्कीले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा चुनौती थपिदै गएको चर्चा समेत गरे । प्रहरी नायव महानिरीक्षक कार्कीले सूचना प्रविधिको दुरुपयोगलाई रोक्न नेपाल प्रहरी प्रविधियुक्त हुनुपर्ने पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’