नयाँ शक्ति पार्टीको संयुक्त प्रशिक्षण शुरु
लहान– नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ । लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु भएको प्रशिक्षण तथा प्रदेशस्तरीय बैठकको पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गरे ।
दुई दिनसम्म चल्ने प्रशिक्षण तथा प्रादेशिक बैठकलाई पार्टी संयोजक डा भट्टराईसहित नेता हिसिला यमी, प्रवक्ता डम्बर खतिवडा, परशुराम खापुङलगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको सो पार्टीका नेता रामरिझन यादवले जानकारी दिए ।
आज दिनभरि संयोजक डा.भट्टराईसहित नेताले प्रशिक्षण दिनुहुने र केन्द्रीय नेताकै उपस्थितिमा भोलि प्रदेश १ र प्रदेश २ को छुट्टाछुटै बैठक बस्ने कार्यतालिका रहेको नेता यादवले बताए ।
कार्यक्रममा पार्टीले अघि सारेको नीति र कार्यक्रमको सन्दर्भमा व्यापक छलफल गरी बैठकबाट स्थानीयस्तरसम्म पार्टीको भूमिका प्रभाबकारी कसरी बनाउने भन्ने बारेमा ठोस निर्णय लिइने नयाँ शक्ति पार्टीका अर्का नेता राजेश रामले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा