बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
शुक्रबार, १४ वैशाख २०८१, १० : ४०
एजेन्सी । तान्जानियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् ।
बाढी प्रभावित क्षेत्र छाड्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्’ कासिमले भनेका छन् ।
तान्जानियाको छिमेकी देशहरू केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब बनेको छ । ‘जनवरीदेखि अहिलेसम्म भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भइसकेका छन् ।’
संसद्मा बयान दिँदै मजलिवाले भनेका छन् । तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठुलो क्षति भएको र यसमा फसलको बर्बादी, सडक र रेलमार्गमा भएको क्षति पनि समावेश गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण