बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
शुक्रबार, १४ वैशाख २०८१, १० : ४०

एजेन्सी । तान्जानियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् ।
बाढी प्रभावित क्षेत्र छाड्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्’ कासिमले भनेका छन् ।
तान्जानियाको छिमेकी देशहरू केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब बनेको छ । ‘जनवरीदेखि अहिलेसम्म भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २३६ जना घाइते भइसकेका छन् ।’
संसद्मा बयान दिँदै मजलिवाले भनेका छन् । तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठुलो क्षति भएको र यसमा फसलको बर्बादी, सडक र रेलमार्गमा भएको क्षति पनि समावेश गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?