चोरेकै भरमा काठमाडौंमा घर-गाडी: चोर श्रीमान छुटाउन जाँदा श्रीमती पनि पक्राउ
काठमाडौं - चोरी गरेको धनले कति दिन पुग्ला ? दई दिन, चार दिन वा एक–दुई महिना ? जवाफ हुन सक्छ - केही दिन, केही महिना वा केही वर्ष ।
तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।
तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् ।
काभ्रेपलान्चोक घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।
पाकेट मारेकै भरमा उनले करोडौंको सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ । तर, पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।
यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसमा यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज