शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना घटाउन फुटपाथ निर्माण

बुधबार, २१ चैत २०७४, १३ : ५३
बुधबार, २१ चैत २०७४

बागलुङ– बागलुङको गलकोट नगरपालिकास्थित हटिया बजारमा फुटपाथ निर्माण गर्न थालिएको छ । 

पैदलयात्रु, सवारी साधन प्रयोगकर्ता, सवारी चालक तथा बालबालिका कसैले पनि ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढ्न थालेको भन्दै फुटपाथ निर्माण थालिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । 

नगरपालिकाको आर्थिक सहयोगमा हटिया बजार क्षेत्रमा दाँया र बायाँ २÷२ मिटरको फुटपाथ निर्माण गरिएको छ । 

हाललाई लोकतन्त्र चोकदेखि जिपपार्क सम्म फुटपाथ निर्माण गरिने गल्कोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विरजङ भण्डारीले बताए । 

आगामि आर्थिक बर्षको असारबाट बजार क्षेत्रको सम्पुर्ण क्षेत्रमा फुटपाथ निर्माण गरिने भएकाले वडाले मापदण्ड बिपरित लोकमार्ग आसपासमा निर्माण गरिएका टहराहरु जेठ मसान्त सम्मको समय तोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप