शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका तीन नेपाली संस्थाको सामूहिक सम्मेलन

बिहीबार, २२ चैत २०७४, १६ : ५२
बिहीबार, २२ चैत २०७४

सिकागो– अमेरिकामा रहेका नेपालीहरुका तीन पुराना र ठुला संस्थाहरुको सामुहिक सम्मेलन हुने भएको छ । एन्मा, नासिया,  र एनएको आगामी लेबर डे सप्ताहमा शिकागोमा सम्मेलन गर्न भब्य तयारी भईरहेको जनाइएको छ । 
लामो समयदेखी संयुक्त सम्मेलन गर्दै आएका र एन्मा र नासाले यस बर्षदेखी एनएलाई पनि आफुहरुसंगै सम्मेलन गर्न लागेका हुन् । हरेक बर्ष आलो पालो आयोजना गरिने यस सम्मेलनको यसबर्ष एन्माले आयोजना गर्न लागेको हो । 
एन्माका अध्यक्ष बाला घिमिरेका अनुसार तिनै संस्थाका अगुवाहरुको सामुहिक बैठक सम्पन्न भएको छ । तीन दिन सम्म हुने सम्मेलनमा बिभिन्न फोरमका साथै, सांस्कृतिक कार्यक्रमहरु र संस्थाको साधारण सभा पनि हुनेछ । एन्माका अध्यक्ष बाला घिमीरे, नासाका अध्यक्ष माधब ढकाल र एनएका अध्यक्ष मेदेनी अधिकारी लगायत एन्माका पुर्व अध्यक्षहरु समेतको उपस्थितीमा भएको बैठकले सम्मेलनलाई सफल पार्न बिभिन्न बिषयमा छलफल गरेको थियो ।क
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप