शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको विषाक्त पुरुषत्व

आइतबार, २५ चैत २०७४, १६ : ३७
आइतबार, २५ चैत २०७४

स्वीमिङ्ग पुलको वरपर चक्कर लगाउने धेरै बच्चाहरुजस्तै सलमान खानले पानीमा ढकेलिएपछि पहिलो पटक पौडी सिकेका थिए । उनको मामलामा भने पानी इन्दोरस्थित एक इनार थियो । एक माछा, दुई कछुवा र एक पानी सर्प रहेको इनारमा उनले एक मध्यान्ह पौडिन सिकेका थिए ।

“नडुबोस् भनेर मेरो खुट्टामा डोरी बाँधिएको थियो । कसैले माथिबाट मलाई निर्देशन दिएर छाडिदियो,” जुन १८ मा मुम्बईस्थित मुहबुब स्टुडियोमा भेला भएका रिपोर्टरहरुलाई सलमान खानले गर्व साथ सुनाए । 
“मेरो जीवन यस्तै रह्यो.....म कामहरु सिक्नुभन्दा पहिले गर्ने गर्छु । त्यो अर्थमा म फरक छु ।”

पौडीको किस्सा सलमानको बारेमा रहेका अनगिन्ती किस्सामध्ये अभिनेता आफैलाई मनपर्ने हो । सलमान खान बारेमा किम्बदन्ती निर्माण गर्न यी किस्साहरु प्रचार गरिन्छन् (कति अवस्थामा अभिनेता आफैले) । बलिउड सिनेमा (विशेष गेरेर उद्योगका ठूला नामहरु खान, कपुर र बच्चनहरुले अभिनय गर्ने फिल्महरु) ले सधैं स्टारहरुको व्यक्तिगत जीवन र इतिहासलाई जोड दिने गर्छ । फिल्म निर्माताहरु वास्तविक सम्बन्धमा रहेका जोडीहरुलाई, सुपरस्टार अभिभावकहरुको छोराछोरीलाई, पुराना चर्चित गीतहरुका अंशलाई आफ्नो फिल्ममा राख्न चाहन्छन् । यस्तोमा दर्शकहरुलाई नयाँ फिल्म हेरिरहेको भन्दा पनि कलाकारको जीवनको एक अंशनै हेरिरहेको जस्तो लाग्छ ।

यसको परिणामस्वरुप ५० वर्ष कटेका सलमानले आफ्नो तीन दशकको अभिनय जीवनमा एउटै पात्रको थोरै परिमार्जित संस्करणमात्र अभिनय गरे । यो पात्र छिट्टै रिसाउँछ, सचेत छ र आफ्नो रुची र अरुचीले प्रभावित भइहाल्ने संवेदनशील हुन्छ ।

‘रियल’ र ‘रिल’ दुवै जीवनमा ‘भाई’ले (सलमान खानलाई उनका लाखौँ प्रशंसकहरुले आफ्नो पन महसुस गर्ने नाम) जब गल्ती गर्छन्, यो सधैँ क्षणिक गल्ती हुन्छ जसको प्रभाव उसको सदा बढिरहने चर्चाको कथ्यको अघि नगन्य भइदिन्छ ।

सन् १९९८ मा खान र उनका चार सहअभिनेताहरु माथि लोपोन्मुख कृष्णसार मारेको आरोप लाग्यो । उनीहरु त्यो समय जोधपुरमा ‘हम साथ साथ है’ं फिल्मको शुटिङ्ग गर्दै थिए । यो मुद्दामा अदालतमा सलमान खानविरुद्ध लडेका विश्नोई समुदायका प्रत्यक्षदर्शीका अनुसार तिनले सलमान खानले गोली हानेको देखेका थिए । तिनका अनुसार जब तिनले यी अभिनेताको सेतो जीप पिछा गरे तब उनले तिनलाई पनि गोली हान्ने धम्की दिए । खानलाई ‘हतियार ऐन’ अन्तर्गत गैरकानुनी रुपमा हतियार राखेको आरोप पनि रहेको छ । वर्षौँको मुद्दा मामिला पछि पनि यीनले हालसम्म केही दिन मात्र जेलमा बिताएका छन् र वन्यजन्तु संरक्षण नियम अन्तर्गत २५,००० जरिवाना तिरेका थिए ।

‘विइङ्ग सलमान खान’ भन्ने किताबमा पत्रकार तथा लेखक जसिम खानले यस मामलालाई विस्तृतमा अध्ययन गरे तर अन्ततः ‘भाई’ केही कुरामा साच्चै दोषी छन् भने उनको आफ्नो ‘व्याड व्वाई’ छविका लागि दोषी छन् भनेका छन् । लेखक खानले सलमानको निर्दोषिता प्रमाणित गर्ने विभिन्न सिद्धान्तहरु प्रस्तुत गरेका छन् । उनले सलमानको ‘पस्तु’ पुर्खाको उल्लेख गरेका छन् जसको लेखकका अनुसार रगतमै शिकार हुने गर्छ । साथै उनको विश्लेषणमा अधिकारीहरुले सलमान खानलाई उदारणको रुपमा प्रयोग गर्नका लागि उनीहरु सलमानको पछाडि औसत शिकारीहरुको भन्दा निक्कै जोडतोडका साथ लागेका छन् । प्रेसले पनि यो खबरलाई बढावा दिनुको कारण त्यो समय गाडीमा भएका ५ जना मध्य ३ जना मुस्लिम भएकाले भएको किताबमा उल्लेख छ । अझ उनको रमाइलो तर्क छ, सालमानलाई ‘धुर्त’ गाइड र स्थानीयहरुको समूहले शिकार गर्न फँसाए ।

हरेक पटक जब जीवनले सलमान खानलार्ई विकल्प दियो, उनले गलत बाटो रोजे । तर, यदी तपाईं उनको परिवार, पीआर समूह र अभिनेता आफैको कुरा विश्वास गर्नुहुन्छ भने सलमानको जीवनको हरेक गल्तीका पछाडी कुनै दुःखद कथा वा गलत सञ्चार जिम्मेवार हुन्छ ।

सलमानलाई ‘खतरनाक अपराधी’ र ‘आतङ्कवादी’हरुको लागि बनाइएको जेलमा अन्यायपूर्ण रुपमा पठाएको कुरा उल्लेख गरेर त्यो अध्याय सकिन्छ । सौभाग्यवश जेलका कर्मचारीहरुले यी निर्दोष कलाकारलाई केही छुट दिएको पनि जसिमले उल्लेख गरेका छन् जसमा उनलाई जेलमा एयर कण्डीस्नर, एक खाट र घरमा बनाइएको खाना दिइन्छ ।

मेहबुब स्टुडियोको सलमान खानको पत्रकार सम्मेलनमा फर्कौँ जहाँ खानले आफ्नो प्रदर्शन हुन लागेको फिल्म ‘सुल्तान’ बारेमा बोल्दै थिए । यस फिल्ममा सफलताको लागि सम्बन्ध गुमाउने एक गाउँले रेसलिङ्ग खेलाडीको कथा समेटिएको छ । त्यो पत्रकार भेटमा उनले पुनः आफूसँग जोडिएको अर्को कथा सुनाउन थाले । 

“मैले हालसालै आफू राष्ट्रिय स्तरको ‘शुटर’ भएको थाहा पाएँ । म केही समय अघि एक कलेजमा जाँदा त्यहा केही एयर राइफल लडिरहेको देखेँ । विद्यार्थीहरु अभ्यास गरिरहेका थिए । म साधारण जिन्स र टी–सर्ट लगाएको थिएँ । मैलै एउटा बन्दुक उठाएँ र केही राउण्ड हाने।।।त्यसपछि मेरा साथीहरुले मैले त्यहाँका सबैलाई जितेको र रकर्डनै बनाएको बताए । कल्पना गर्नुस त ।” उनी हाँसे । 

“अहिले तपाईंहरु मसँगै हाँसिरहनुभएको छ ।” रिपोर्टरहरुलाई गाली गर्ने हिसाबमा उनले भने “तर, मलाई थाहा छ भोलिको समाचार लेख्दा यो प्रशंग मेरो कुनै कानुनी मुद्दाको बारेमा जोड्नु हुन्छ ।”

खान यस मामलामा गलत भएनन् । पत्रकार सम्मेलनको केही घण्टा पछाडी उनले भनेको कुराको कडा विरोध आउन थाल्यो । उनले सुल्तानको छायाँकनका क्रममा व्यावसायीक रेस्लिङ्ग खेलाडीहरुबाट उचालिनु पछारिनु पर्दा आफूले ‘बलाकृत महिलाजस्तो’ अनुभव गरेको बताएका थिए ।

आफ्ना प्रशंसकका अनुसार ‘मनबाट सिधै बोल्ने’ तर खासमा ‘पोलिटिकल इनकरेक्टनेस’ का लागि चर्चित सलमान खानले यो पटक भने आफ्नो गल्तीको बोध गरे र आफ्नो भनाई फिर्ता लिए । तर यसका लागि ढिलो भइसकेको थियो ।

समाजिक सञ्जालमा यसबारेमा कडा प्रतिक्रियाहरु आउन थाले । मानवओसार पसारविरुद्ध काम गर्ने र आफैले बलात्कार भोगेकी सुनिथा कृष्णनन्ले खानको टिप्पणीको लागि खानलाई आलोचना गरिन् । बलात्कारको  पीडा भोगेकी अर्की एक जनाले कविता लेख्दै त्यस्तो दुर्व्यवहारको काम नगर्न भनिन् । खानलाई आफ्नो सामाजिक सञ्जालमा आलोचना गरेकी गायिका सोना मोहापात्रलाई ‘भाई’ का प्रशंसकहरुबाट बलात्कारको धम्की आउन थाल्यो । प्रशंसकहरुका अनुसार खानले नभनेको कुरा प्रचारमा आइरहेको थियो जबकि उनको पूरा अन्तवार्ता रहेको सामाग्री इन्टरनेटमा राखिएको थियो ।

सेप्टेम्बर २००२ मा विश्व सुन्दरी प्रतियोगिता विजेता रहेकी ऐश्वर्य रायले बलिउडमा पहिले कहिल्यै नसुनिएको काम गरिन् । उनले प्रेसमा सलमान खानको बारेमा एक खुल्ला पत्र लेखिन् । यो पत्र उनीहरुको विशाक्त भएको प्रेम कथाको अन्तिम अध्याय भएर आयो । यसमा रायले आफूले कहिले पनि सलमानसँग सँगसँगै काम नगर्ने कसम खाएकी छिन् ।

यो बलात्कार र बलात्कार भोगेकाहरु प्रति असंवेदनशील भनाई भारतमा बढ्दो बलात्कार संस्कृति अनुरुप नै रहेको छ । भारतमा प्रत्येक २० मिनेटमा एउटा बलात्कार हुने विश्वास गरिन्छ । राजनीतिज्ञदेखि लिएर टेलिभिजन प्रस्तोता, फिल्म निर्देशकहरु र चर्चित व्यक्तित्वहरु दैनिकरुपमा बलात्कारको बारेमा टिप्पणी गर्ने गर्छन् । टिप्पणीमा बलात्कार पीडिकको चरित्रमा टिप्पणी हुने गर्छ । 

अधिकांश उदाहरणमा घटना भए लगतै सार्वजनिक रुपमा भएको हुने आक्रोशले यौनहिंसा बारे हामीले बोल्ने तरिका बदलिएको देखिन्छ ।

तर, अन्ततः ती शब्दमात्र थिए त्यसैले सजिलै अस्वीकार गरियो र बिर्सिइयो । तिनमा अनावश्यक महत्व दिँदा ठूलो र महत्वपूर्ण चिज छुट्थ्यो । खानको सन्दर्भमा यो हल्का रुपमा भनिएको लिङ्गभेदी भनाई लामो समय उनले आफ्नो जीवनमा महिलाहरुप्रति गरेको हिंसात्मक र अपमानक व्यवहारको चर्चा बिना अधुरो हुन्छ ।

सेप्टेम्बर २००२ मा विश्व सुन्दरी प्रतियोगिता विजेता रहेकी ऐश्वर्य रायले बलिउडमा पहिले कहिल्यै नसुनिएको काम गरिन् । उनले प्रेसमा सलमान खानको बारेमा एक खुल्ला पत्र लेखिन् । यो पत्र उनीहरुको विशाक्त भएको प्रेम कथाको अन्तिम अध्याय भएर आयो । यसमा रायले आफूले कहिले पनि सलमानसँग सँगसँगै काम नगर्ने कसम खाएकी छिन् ।

‘हाम्रो ब्रेक–अपपछि उनले मलाई फोन गर्थे र जे पायो त्यही बोल्थे । उनी मलाई मैले काम गरेको फिल्मका सहअभिनेतासँग सम्बन्ध बनाएको शंका गर्थे । उनले मरो अभिषेक बच्चनदेखि शाहरुख खानसम्मसँग सम्बन्ध भएको भन्थे । सलमानले केही पटक मलाई भौतिक रुपमै हमला गरे । सौभाग्यवश तिनको कुनै खत बसेन । यस्ता घटनापछि पनि म केही नभएको जसरी काममा जान्थे । सलमानले निरन्तर मेरो पिछा गर्थे र मैले फोन नउठाउँदा आफैलाई चोट पु¥याउँथे,” उनले लेखेकी थिइन् । खानको रिसको झोकले रायलाई भावनात्मक, भौतिक र मानसिक आघातमात्र पु¥याएन उनले केही ठूला परियोजनाबाट हात धुनुप¥यो र उनको व्यावसायिक प्रतिष्ठामा समेत आघात पु¥यायो ।

तर, खानको बहुलठ्ठीपन ऐश्वर्य रायमा मात्र सिमित छैन । फिल्म उद्योगबाट उनको पहिलो प्रेमिका संगिता बिजलानीले एक ठाँउमा सलमानसँग रहँदाको अवधीलाई उनले जीवनमा भोगेको ‘सबैभन्दा आघातपूर्ण चरण’ भएको उल्लेख गरेकी छिन् । त्यसपछिकी प्रमिका पाकिस्तानी मोडल सोमी अलीसँग सम्बन्धमा रहँदा पनि फिल्मी वृतमा उनले अलीमाथि गरेको हिंसाको चर्चा हुन्थ्यो । उनले अलीलाई कपालमा समातेर घिसारेको, सार्वजनिक रुपमा अपमान गरेको र एक समय उनको टाउकोमा रक्सी खन्याएको खबर आएको थियो । सलमान आफै रक्सीको पारखी भए पनि आफ्नी प्रेमिकाले रक्सी खाएको भने मन पराउँदैन थिए । सलमानसँग सम्बन्ध टुटेपछि अली अमेरिका गइन् र त्यहाँ घरेलू हिंसाका पीडितहरुलाई सहयोग हुने समाजिक सेवा शुरु गरिन् । उनको यो कदममा उनले पछिल्लो सम्बन्धमा रहँदा उनलाई पुगेको पीडाले प्रेरित गरेको थियो ।

ऐश्वार्याले जस्तो यी दुईले सलमानसँगको सम्बन्धबारेमा प्रेसमा बोलेनन् । हाल दुबैले विगतको त्यो घटनाका लागि सलमानलाई माफी गरिदिएको भन्छन् । 

खान आफै यस्ता घटनाहरु प्रेसमा कुरा गर्न रुचाउँछन् । यी वार्ताहरुले उनको रुढिवादी , पागलप्रेमीको छवि निर्माण गरेको छ ।

नोभेम्बर २००१ को एक रात रायको ढोका बाहिर रक्सी पिएर पुगेको र घन्टौँ ढोका ढकढकाएर भित्र पस्न दिन माग गरेको साथै ढोका नखोले घरबाट हाम फाल्ने धम्की दिएको घटना बारेमा कुरा गर्दै सलमान आफै भन्छन् –“यो घटना साँचो हो । तर, यसलाई सञ्चार माध्यमले बढाए । मेरो ऐश्वर्यासँग सम्बन्ध थियो । यदी सम्बन्धमा तपाईं लड्नुहुन्न भने तपाई एकअर्कालाई माया गर्नु हुन्न । नचिनेको मानिससँग को झगडा गर्न जान्छ रु हामीबीचमा प्रेम भएकाले मात्र यो भएको हो ।”

अर्को घटनामा तत्कालिन समयकी आफ्नी प्रेमिका र अभिनेत्री क्याट्रिना कैफलाई फिल्मको सेटमा चर्को स्वरमा कराएको र लौरो लिएर झम्टेको बारेकोमा उनको भनाई छ, “उनको ब्लाउज राम्ररी मिलेको थिएन र त्यसले ‘सिन’ को सौन्दर्यलाई असर गथ्र्यो । खाना आफूले मनपरेको खानुस्, कपडा अरुलाई मनपर्ने लगाउनुस् । कुरा यति हो ।”

हरेक पटक जब जीवनले सलमान खानलार्ई विकल्प दियो, उनले गलत बाटो रोजे । तर, यदी तपाईं उनको परिवार, पीआर समूह र अभिनेता आफैको कुरा विश्वास गर्नुहुन्छ भने सलमानको जीवनको हरेक गल्तीका पछाडी कुनै दुःखद कथा वा गलत सञ्चार जिम्मेवार हुन्छ ।

हरेक अवस्थामा सलमान जस्ता पुरुषहरु आफूलाई सही देखाउन यस्ता थुप्रै बाहना हुन्छन् – उनी निक्कै तनाब थिए, भावनामा थिए, अति कोमल थिए, पुरुषको स्वाभाविकपन प्रदर्शन गरिरहेका थिए वा महिलाहरुले उनको फाइदा उठाए ।

खानले आफूलाई बलात्कृत महिलासँग तुलना गरेको केही घण्टा पछि उनका पिता तथा पटकथाकार सलिम खानले उनको पक्षबाट माफी माग्दै टवीट् गरे जसमा लेखिएको थियो “निःसन्देह सलमानको भनाई गलत थियो । तर नियत गलत थिएन । जे भए पनि म उनको परिवार, मित्रहरु र प्रशंसकहरुको पक्षबाट माफि माग्छु । मान्छेले गल्ती गर्छ र माफ दिन सक्नु महानता हो । ”

एक अलग अन्तरवार्तामा खानका दाई अरवाजले भने, ‘म गधाजस्तो काम गर्छु’ भन्दा पशु अधिकारवादी किन गधा भनिस् भनेर पनि आउन सक्छन् । ”

हरेक अवस्थामा सलमान जस्ता पुरुषहरु आफूलाई सही देखाउन यस्ता थुप्रै बाहना हुन्छन् – उनी निक्कै तनाब थिए, भावनामा थिए, अति कोमल थिए, पुरुषको स्वाभाविकपन प्रदर्शन गरिरहेका थिए वा महिलाहरुले उनको फाइदा उठाए ।

उनी आफ्नो प्रमिका कुट्छन् किन कि उनी पागल हुने हदमा मायामा थिए र मामला बिग्रिएको थियो । उनी सडक छेउमा सुतिरहेका निर्दोष मानिसमाथि गाडी चलाउँछन् किनभने ऐश्वर्यासँग प्रेम टुटेपछि प्रेसमा आएको उनको आलोचना बिर्सन रक्सीले धुत थिए । गल्ती कहिल्यै पनि उनको हुँदैन ।

यो अर्थमा सलमान खान ती उत्पीडक पुरुषहरुको एक उदाहरण मात्र हुन् जो आफ्नो हिंसाको लागि कहिल्यै आफूलाई उत्तरदायी ठान्दैनन् किनकी तिनीहरुले महिलाप्रति दुर्व्यवहार गरे पछि पनि कुनै परिणम भोग्नुपर्दैन । किनकी उनी अरु ‘राम्रो काम’ गर्छन् ।

यही कारणले पद्मश्री पुरस्कारबाट सम्मानीत भारतीय हक्की टिमका कप्तान सरदार सिंहजस्ता पुरुष आफ्नी पूर्व प्रेमिकाबाट भएको बलात्कारको आरोप सहन कति धेरै बल आवश्यक पर्छ भनेर सजिलै भन्न सक्छन् । 

सहजै हिंसामा उत्रने पुरुषमा दुई गुण पाइन्छ – अधिपत्य कायम गर्न इच्छा, कमजोर, नरम र शक्तिहीन पुरुष प्रति घृणा । तर यी गुणहरुको जन्म र विस्तार शुन्यमा हुँदैन । यीनलाई ती पुरुषको पद वा प्रसिद्धिबाट फाइदा लिन खोज्ने पुरुष र महिलाको प्रशयले प्रोत्साहन दिने गर्छ ।

यदी सलमान फेरि पनि यस्तै समस्यामा फसे भने उनलाई थाहा छ उनी पुन उनका वरपर रहेका यस्ता मान्छेहरुको सहयोगमा पार पाउनेछन् जो जानीबुझिकन उनका कमजोरीहरुमा आँखा चिम्लिदिन्छन् । 

यो आलेख द वायरबाट अनुवाद गरिएको हो ।

अनुवाद : श्रवण उप्रेती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निशिता झा
निशिता झा

निशिता झा भारतीय पत्रकार हुन् । उनलाई @NishSwish मा फलो गर्न सकिनेछ ।

लेखकबाट थप