शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरको स्वास्थ्यमा सुधार, आइसीयुबाट क्याबिनमा सारियो

मङ्गलबार, ०४ वैशाख २०७५, १३ : १०
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ । 

भारतको दिल्लीस्थि मेदान्त अस्पतालमा मुटुको अप्रेशनपछि आइसीयुमा राखिएको संयोजक ठाकुरलाई क्याबिनमा सारिएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले रातोपाटीलाई जानकारी दिए । 

चैत २७ गते नियमिति स्वास्थ्य जाँचका लागि मेदान्त अस्पताल पुगेका ठाकुरको एनजीओग्राफी गरेपछि मुटुमा बग्ने रगत ‘ब्लोकेज’ पाइएको थियो । रगत सञ्चालनका लागि तीनवटा स्टेन लगाएर विशेष निगरानीमा चार दिनसम्म आइसीयुमा राखिएको थियो । 

उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पनि सिंहले बताए । 

यसैबीच  दुई साताकोबीचमा  संयोजक ठाकुरसहित अन्य नेताहरुको स्वास्थ्यमा पनि समस्या देखिएको छ । 

पार्टीका वरिष्ठ नेता एवं दुई नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय यादवपनि अस्वस्थ भए । 

सर्लाहीस्थित निवासमा बैशाख १ गते अचानक छाती दुखेको महसुस गरेपछि हेलिकप्टरबाट सहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्रमा उनलाई भर्ना गरिएको थियो । उनको मुटुमा ब्लड ब्लोकेज भएको कारण अप्रेशन गरि स्टेन राखिएको पारिवारिक स्रोतले जनाएको छ । 

उनलाई सोमबार आइसीयुबाट क्याविनमा सारिएको छ ।

यस्तै  राजपा नेपालका उपाध्यक्ष एवं दुई नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह (रामबाबु) लाई पनि मुटुको समस्या भएको थियो । चैत २६ गते अचानक मुटुको गति बढेपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

मुटुको गति बढेसँगै उनलाई उच्च ज्वरो पनि लागेको थियो । नर्भिक अस्पतालमा पाँच दिन उपचार  गराएर उनी घर फर्केको उनका सहयोगी राजकुमार यादवले जानकारी गराए ।

त्यस्तै, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवलाई पनि मुटुको नियमिति स्वास्थ्य जाँचका लागि चैत २६ गते दिल्ली स्थित मेदान्त अस्पताल पुगेका छन् ।  हाल उनी दिल्लीमै रहेका छन् । 
मुटुमा समस्या देखेपछि उनको पनि एक वर्षअघि मुटुको अप्रेशन भएको थियो । अप्रेशनपछि उनले मेदान्तमा नियमिति स्वास्थ्य जाँच गराउँदै आएका छन् ।  उनको छातीमा पनि पेस मेकर लगाइएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप