शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्री शाहीको निर्देशन

शुक्रबार, ०७ वैशाख २०७५, ११ : ४०
शुक्रबार, ०७ वैशाख २०७५

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संघीयता जनताकै शासन भएको अनुभुति हुनेगरि काम गर्न कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीले विहिबार सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफलमा जनताको काममा ढिलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्र पुगेर काम गर्न निर्देशन दिएका हुन् । स्थानीय निकायको निर्वाचनसँगै कर्मचारी र जनप्रतिनिधिबीच तालमेलको अभाव देखिएको भन्दै मुख्यमन्त्री शाहीले कर्मचारीसँग रहेको दक्षता र जनप्रतिनिधिसँग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुकको विकास गर्न सकिने बताए । 

उनले कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबिच देखिएको असमझदारी लगाएतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै मुख्यमन्त्री शाहीले सरकारको योजनाअनुसार कर्मचारी प्रशासनले काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला बिकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अबस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको गुनासो गरेका थिए । 

यसैबीच मुख्यमन्त्री शाहीको उपस्थितिमा विहिबारै जिल्ला दैबि प्रकोप उद्धार समितिको बैठक बसेको छ । वैठकमा गएको चैत २३ गतेको असिना पानीले कृषकहरुको ९० प्रतिशत अन्नबाली, फलफुल र तरकारी खेतिमा क्षेति पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप