शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: डर्टी याङ्की सिरिया छोड

शनिबार, ०८ वैशाख २०७५, ०८ : ५६
शनिबार, ०८ वैशाख २०७५

-डिल्लीराम अम्गाईं  

तिम्रो मानवता ढोँग हो 
गोरो देशका फिरङ्गीहरू हो 
तिम्रो माया निमोठ्नका लागि हो 
तिम्रो प्रजातन्त्र कमजोरहरूको 
धड्कनमा विष पठाएर 
स्वाधीनतामा बम खसाल्नका लागि हो !

अमेरिकाको सत्ताधारी 
तिम्रो आतङ्कले अफगानभूमि 
उनीकै सन्तानद्वारा रङ्गियो 
असङ्ख्य नारी विधवा बने 
तिमीले ममताको दूध चुसाएर 
हुर्काएको आतङ्कवाद !
कति प्रिय थियो तिम्रा लागि 
जतिबेला उसलाई बहादुर बनाएर 
उसको मसलमा रुसको विरुद्ध 
खुब मालिस ग¥यौ राइफलको तेलले 
अहा तिम्रो पिरती 
आतङ्कवादबाट साहरा खोज्ने 
तिम्रो आरति !

लादेनसँग  तिमी 
कति लठ्ठिएका थियौ 
स्वार्थ मिलेको थियो 
त्यो मिलुन्ज्याल मित्र 
त्यो मिल्न छोड्यो आतङ्कवाद ! 

सबै थाहा छ भियतनामदेखि 
लावस, कोरिया अनि भारत 
कम्बोडिया र पेरुसम्मको तिम्रो मानवता 
तिम्रो जुत्ताभित्रको प्रजातन्त्र 
र जुत्ताको तनाजस्तै स्वतन्त्रता 
तिमीले मस्काउँदा मस्किने 
र फुकाउँदा खुल्ने स्वच्छन्दता !
  
के सबै स्वाधीनतामा तिम्रो दासता 
के सबै दासतामा तिम्रो स्वाधीनता 
यही गीत सधैँ गाइरहनुपर्ने  
तिमीलाइ सँधै देवता मानि रहनुपर्ने 
तिम्रो निचतामा रम्नुपर्ने 
आपÞm्मो पहिचानमा ताला लगाउनुपर्ने ?

थियो इराक समृद्धि हुँदै 
महक सम्पन्नताको थियो 
तर तिमीले त्यसको दण्ड दियौ 
तानाशाही एकाधिकारको जामा भिराइदियौ 
तिमीले डरलाग्दो अस्त्रको कोकोहोलो मच्चायौ
भनेकै थिए तिम्रा जाँचाकीले 
त्यहाँ  तेल र ग्यासबाहेक केही छैन 
त्यहाँ  समृद्धि छ सुख छ 
त्यसको आधार त्यहीको गर्भमा छ !

तर तिम्रो मिसन मानवता थिएन 
तिम्रो मिसन प्रजातन्त्र थिएन 
तिम्रो मिसन सुन्दरता थिएन 
तिम्रो मिसन त लुट्नु थियो 
तिम्रो मिसन पपेट दासता थियो 
तिम्रो मिसन केवल हिंसा 
लाखौँ नारी पुरुष र बच्चाहरूको 
नरसंहार, कत्लेआम र रौद्रता 
दानबिय हिंसा, आमचिहान 
नारकीय जीवन केवल दासता 
नागासाकी र हिरोसिमाको जस्तै 
भियतनाम, लावस र ऐन्डोनेसिया 
भारत अफ्रिका र ल्याटिनजस्तै 
बलात्कार, रगत, चित्कार र मृत्यु 
सिरियामा जस्तै बमबारी !

आफै रसायनको तस्करी 
रसायनको खेती गर्दै 
अरूलाई आरोपित गर्ने 
कोलाहल मच्चाउने र आक्रमण गर्ने 
तिम्रा जासुसहरू कसले चिनेको छैन र !

तिमीले शान्त देश कसरी बिगार्छौ 
तिम्रो स्वार्थ थाहा छैन र दुनियालाई 
तिमीले कसरी युद्ध आयात गर्छौ 
सुडान सुडान हैन उडान बनायौ 
हज्जारौ वर्ष अफ्रिका लुट्यौ 
महाभारत सिङ्गो तीन शताब्दी 
लुट्नु लुट्यौ र भियतनामा मृत्युको 
कहिल्यै नबिर्सिने घाउ रोपिदियौ !

तिमीलाई भ्रुण हत्याको पाप लागोस 
असङ्ख्य विश्वका उत्पीडितहरूको 
तिमीलाई महापातक लागोस् 
कस्तो सिरिया आज खण्डहर बनायौ 
तिम्रो ग्याँस  र तेल स्वार्थका लागि 
तिम्रो पाइपलाइन युरोप ल्याउने 
इराकको सम्पदाको लुट 
एकाधिकारीहरूको लुट 
साम्राज्यवादीहरूको ब्रह्मलुट !

तरल सम्पदा र ग्याँस  
रसियनहरूको ब्यापार समाप्त पार्दै 
इराक र सिरियाको बाटो 
तिम्रो लुटलाई बाटो नमिलोस् 
लाखौं सिरियालीहरूको रगतले 
तिम्रो कपटलाई श्राप लागोस् 
याङ्की हामीलाई थाह छ
तँ दुष्ट छस हिटलर भन्दा धेरै 
तँ अपराधी छस्  
तेरो नियत भ्रष्ट छ 
तेरो बोलीमा सत्यता छैन 
इराकमा लुटेको ग्याँस र तेलले 
तैंले युरोपमा नयाँ ब्यापार गर्दैछस् 
त्यसको बाधक सिरिया हो 
बाटोको अन्य विकल्प छैन 
त्यो देश मरुभूमि नबनाएसम्म 
त्यहाँका सबै बस्तीहरू 
बारुद र बमले नउडाएसम्म 
तेरो ग्याँस बिक्ने छैन 
तेरो तेल प्लास्टिकको सुरुङबाट 
युरोपका घर घर पुग्ने छैन !

रुसलाई समाप्त पार्न 
त्यसको ब्यापार सक्नुपर्छ 
अहिले युरोपभर बलिरहेको 
ग्याँस र तेल रोक्नुपर्छ 
यही त तेरो स्वार्थ हो 
सिरिया तेरो स्वार्थको बाधा 
सिकार गरिरहेछस निर्दोष बालकहरूको 
जङ्गली ब्यासोले झैँ 
निकारागुवाको तेरो कथा झैँ !

तड्पाई तड्पाई मारिरहेछस्  
सामरिक स्वार्थका लागि 
व्यापारिक स्वार्थका लागि 
सिरियाली जनताको रगतले 
सिरियन भूमि रङ्गिँदा 
टुलुटुलु नहेर होचाहरू 
मसिना देशहरू !

आज अरूको स्वाधीनता लुट्नेले 
भोलि तिम्रो स्वाधीनता कुल्चने छ 
तिम्रो भूमि उजाड बनाउने छ सिरियाझैँ 
त्यो बमले समर्थक र विरोधी  
कसैलाई चिन्ने छैन 
त्यो विषाक्त गोलीले 
तिमीले परिचय दिउन्जेल पर्खिने छैन !

त्यो हाम्रो घर छिरुन्जेल 
हाम्रो सम्पदा लुटुञ्जेल 
टुलुटुलु हेरेर नबस 
साम्राज्यवादी याङ्कीलाई 
ठाउँ ठाउँबाट लखेट्न 
उत्पीडित देशहरू एक हौं !

-बेल्जियम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप