नेपाली मूलका पाठकलाई नोबेल पछिको दोस्रो ठूलो मेडल
काठमाडौं - नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई जोन बेट्स क्लार्क मेडल २०१८ प्रदान गरिने भएको छ ।
जोन बेट्स क्लार्क मेडल अर्थशास्त्रमा नोबेल पुरस्कारपछि दोस्रो ठूलो उपाधि हो ।
अमेरिकन इकोनोमिक एसोसिएसनका अनुासार, अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएबापत पाठकलाई मेडल प्रदान गरिन लागेको हो ।
अमेरिकन इकोनोमिक एसोसिएसनले यो मेडल ४० बर्षभन्दा कम उमेरका युवा अर्थशास्त्रीलाई प्रदान गर्दै आएको छ ।
म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका पाठकले ३७ बर्षको उमेरमा मेडल प्राप्त गर्न सफल भएका हुन् ।
उनले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधारमा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।
उनको जन्म सन् १९८० मा अमेरिकाको न्यूयोर्कमा भएको हो । उनका बुबाआमा काठमाडौंबाट अमेरिका बसाइँ सरेका थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाइड म्याथम्याटिक्समा स्नातक र स्नातकोत्तर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा