शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटकीय विकास सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री राउत

सोमबार, १० वैशाख २०७५, १८ : ०६
सोमबार, १० वैशाख २०७५

धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।  

जानकी नवमीका अवसरमा रामायण सर्किटले जनकपुरधाममा आज आयोजना गरेको रामायण मेलाको उद्घाटन समारोहमा उनले भने, ‘यो प्रदेश विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेकाले यसको विकास तथा विस्तारका लागि सरकार प्रतिबद्ध छ ।’ 

मुख्यमन्त्री राउतले जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सरकारले सार्वजनिक गरिसकेको उल्लेख गर्दै प्रदेशभित्र रहेको सबै धार्मिकस्थल तथा क्षेत्रलाई एउटै सर्किटमा जोडेर विकास गर्ने बताए । 

भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको बताउँदै उनले त्यसलाई विस्तार गरी भारतका अन्य धार्मिकस्थलसँग समेत जोडने योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे । 


मुख्यमन्त्री राउतले एतिहासिक तथा धार्मिक महत्वका जानकी मन्दिरको विकास र विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

मेलाको उद्घाटन प्रदेश नं. २ प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा गरेका थिए ।  

माता जानकीको जन्मोत्सवमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणासमेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप