शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’

सोमबार, १० वैशाख २०७५, १९ : ३५
सोमबार, १० वैशाख २०७५

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पुरस्कारका माध्यमबाट राष्ट्रको कलात्मक मर्यादालाई गरिमामय बनाउने,साधकहरुको सम्मानमार्फत राष्ट्रिय सांस्कृतिक चेतलाई उच्चता प्रदान गर्ने, साधकहरुको साधनारत जीवनशैलीमा सकारात्मक उत्साह थप्दै उनीहरुलाई राष्ट्रको गौरवसित जोड्ने र सांस्कृतिक राष्ट्रियताको घेरालाई फराकिलो र मजबुत बनाउने उद्देश्यले स्थापना भएका नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारहरु विभिन्न ४ चार विधामा प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि दुई वटा विधा थप गरेर छ (६) वटा विधामा पुरस्कार वितरण गर्न लागिएको हो । 

संगीत, नाट्य, नृत्य, लोक संगीत–नाट्य, परम्परागत तथा शास्त्रीय संगीत र रंगमञ्च विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ । यस वर्षको नाट्य विधातर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नाटक तथा रंगकर्मका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएबापत बरिष्ठ नाट्यविद् रामावतार यादवलाई प्रदान गरिने भएको छ भने संगीत तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नेपाली गीत संगीतको संरक्षण एवम् प्रबद्र्धनमा निरन्तर योगदान पुर्याएबापत बरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । 

यस्तै नृत्य तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ नृत्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएबापत बरिष्ठ नृत्याङ्गना सुभद्रा अधिकारीलाई  र लोककला तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ लामो समयदेखि लोक गायनमा योगदान पुर्याएबापत बरिष्ठ लोकगायक एलपि जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गरिने भएको छ । 

यसैगरी शास्त्रीय तथा परम्परागत संगीत विधा तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ शास्त्रीय तथा परम्परागत संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याए बापत बरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक एवम् गायक श्री पुष्परत्न तुलाधरलाई  र रंगमञ्च विधातर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ लामो समयदेखि रंगमञ्च क्षेत्रमा योगदान पु¥याए बापत वरिष्ठ नाट्यकर्मी श्री मदनदास श्रेष्ठलाई प्रदान गरिने बिज्ञाप्ती मार्फत जानएको छ । 

‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ सम्माननीय राष्ट्रपतिको हातबाट एक विशेष कार्यक्रम सहित प्रदान गरिने बिज्ञाप्तीमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप