ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु
मङ्गलबार, ११ वैशाख २०७५, २० : ४३
झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नंको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेको बताइएको छ । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नंको स्कुटरमा घर फर्कदै गर्दा टिपरलाई उछिन्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।
दुर्घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा