शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले अनुभूति गर्ने खालको सेवा दिनुपर्ने : मन्त्री पण्डित

बिहीबार, १३ वैशाख २०७५, १९ : ४२
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताले अनुभूति गर्न खालेको सेवा दिनुपर्नेमा जोड दिएका छन् । 

मन्त्रालयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज ‘सार्वजनिक सेवाको भावीस्वरुप र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको प्रशासनिक कामबाट जनताले अनुभूति प्राप्त गर्न नसकेको भन्दै जनताले अनुभूति गर्ने खालेको काम गर्नुपर्ने बताए । 

‘‘अहिलेको कामबाट जनता सन्तुष्टि छैनन्’’, उनले भने, ‘‘जनतालाई परिमाण निकाल्ने खालका काम गर्नुपर्दछ ।’’ मन्त्री पण्डितले कर्मचारीमा स्वतः बढुवा हुनेले विकृति नित्याएको भन्दै कार्यक्षमताका आधारमा मात्र बढुवा गर्नुपर्ने उल्लेख गरे । 

उनले अहिले कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई अहिलेकै अवस्थामा राख्न नसकिने भन्दै कस्तो बनाउने भन्नेमा छलफल गर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहको अधिकार संविधानअनुसार नै चाँडै कामको बाँडफाँड गरेर जिम्मेवार बनाउनुपर्ने बताए । 

उनले कर्मचारीको तहगत र श्रेणीगत आवश्यकताअनुसार परिमार्जनसमेत गरिने धारणा राखे । 

कार्यक्रममा समितिका अध्यक्ष काशीराज दाहालले संघीय संरचनाअनुसार कर्मचारीको तहगत र श्रेणीगत रुपमा पनि परिमार्जन आवश्यक रहेको भन्दै हालका श्रेणीभित्र तहहरु व्यवस्थागर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय गर्नका लागि छुट्टै कानून बनाउनुपर्ने बताए । 

कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले कर्मचारीलाई राजनीतिक गर्ने ट्रेड युनियन खारेज गर्नुपर्ने बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय कर्मचारी संगठनले नै प्रशासनमाथि विकृति बढाउने भन्दै कर्मचारी संगठन आवश्यक नभएको बताए । 

कार्यक्रममा सुरक्षाविज्ञ बालानन्द शर्माले दायित्व पूरा गर्ने सक्ने कर्मचारीको मात्र बढुवा गर्नुपर्ने बताए । 

कार्यक्रममा समितिका अध्यक्ष दाहालले प्रस्तुत गरेको कार्यपत्रमा कर्मचारीको संगठनलाई सुधार गर्नुपर्ने, निवृत्तीभरणको सट्टा कोष स्थापना गरेर सोही कोषबाट निवृत्तीभरणको व्यवस्था गर्नुपर्ने, सबै निजामती सेवालाई एउटै ऐनमा समेट्नुपर्नेलगायतका सुझाव समेटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप