बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गोर्खा सैनिकको दुई सय वर्षको इतिहासप्रति उपराष्ट्रपति पुनको यस्तो टिप्पणी

बिहीबार, १३ वैशाख २०७५, १९ : ४८
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं– उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गोर्खा सैनिकहरुको दुई सय वर्षको इतिहास उपलब्धी उन्मुख रहेको बताएका छन् । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का प्रतिनिधि मण्डलले बिहीबार गरेको भेटवार्ता पछि प्रतिक्रिया दिँदै उपराष्ट्रपति पुनले सो प्रतिक्रिया दिएका हुन् ।

उपराष्ट्रपति पुनले ‘गोर्खा प्राविधिक समिति’ले प्रतिवेदन बुझाउनु उपलब्धिउत्मुख भएको समेत बताए । उनले प्रतिवेदन ऐतिहासिक दस्तावेज भएको बताउँदै यसलाई सरकारले पनि चासो र गम्भिरताका साथ हेरिरहेको बताए ।

आफू पनि गेसोको सबै खाले मुद्दाहरुप्रति जानकार रहेको बताउँदै व्यक्तिगत रुपमा पनि गेसोको मुद्दालाई आफूले विभिन्न निकाय र क्षेत्रमा र्पुयाउन सक्दो पहल गर्नेल उनले बचन दिए । गोर्खाहरुको दुईसय वर्षको इतिहास अब उपलब्धीतिर उन्मुख भइरहेको बताउँदै उनले गोर्खाहरुको लामो संघर्षका उपलब्धी हात पर्दै गएको बताएका छन् ।

गोर्खाहरुको पछिल्लो उपलब्धीबारे जानकारी दिन गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा उपराष्ट्रपति कार्यालयमा पुगेका थिए । उनीहरुले गोर्खाहरुले उठाउँदै आएका मुद्दा र उपलब्धी बारेमा जानकारी गराएका थिए ।

गेसाको टोलीले उपराष्ट्रपति पुनलाई गोर्खाहरुको समस्या समाधानका समितीले नेपाल–बेलायत सरकारबीच बुझाएको प्रतिवेदन बारे जानकारी गराएका थिए । भने वार्ताबारे तयार भएको ऐतिहासिक प्रतिवेदन उपराष्ट्रपति पुनलाई हस्तान्तरण गरे ।

प्रतिवेदन हस्तान्तरण गर्दै गेसोका अध्यक्ष राईले गोर्खाहरुको मुद्दा मात्र गोर्खाहरुको नभएर सिङ्गो नेपालको मुद्दा भएकाले सरकारले गेसोले उठाएको मुद्दामा गम्भिरता दिन आग्रह गरेका थिए । गेसोको प्रतिवेदन बुझ्दै उपराष्ट्रपति पुनले गेसोले उठाउँदै आएका सबै मुद्दा जायज भएको बताउँदै गेसोको मुद्दा सरकारको पनि भएको बताएका थिए ।

भेटघाट कार्यक्रममा गेसोका अध्यक्ष कृष्णकुमार राई, उपसभापति मणि किराँत वान्तवा, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, विष्णु याक्सो, सुनिता गुरुङ्ग, कृष्ण सुब्बा र वीरध्वज राईलगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप