केन्द्रीय संस्करण
अन्तरवार्ता

ओलीले ‘ड्राइभ’ गरेर नेपालमा साम्यवाद आउँदैन : ओलीविरुद्ध चुनाव लडेका डा. खगेन्द्र पाण्डव अधिकारीको अन्तर्वार्ता

person explore access_timeबैशाख १७, २०७५ chat_bubble_outline0
नरेश ज्ञवाली

रातोपाटी

‘वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डिया’बाट जीव विज्ञानमा सन् २०१५ मा विद्यावारिधि गरेका डा. खगेन्द्र पाण्डव अधिकारीले अनेरास्ववियु पाचौँबाट आफ्नो वामपन्थी विद्यार्थी राजनीति सुरु गरे । तर ०४८ सालको  कर्मचारी आन्दोलनमा पार्टीले लिएको राजनीतिक लाइनबाट असन्तुष्ट भई कम्युनिस्ट राजनीतिको उल्टो धारको प्रतिनिधित्व गर्ने प्रजातान्त्रिक राजनीतिमा प्रवेश गरे । २०५७ सालदेखि त्रिभुवन विश्वविद्यालयमा जीव विज्ञान विभागमा अध्यापनरत उनी हालै अध्यापन पेसालाई त्यागेर पूर्णरूपमा राजनीतिमा सक्रिय भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय अनुसन्धान तथा अभिलेख विभाग सदस्य रहेका उनी काँग्रेसको १३औँ महाधिवेशनबाट झापा क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिस्पर्धीका रूपमा नेपाली काँग्रेसबाट उभिएका अधिकारी काँग्रेसभित्र तार्किक व्यक्तिहरूमध्ये गनिन्छन् । उनै अधिकारीसँग निर्वाचनमा काँग्रेसको पराजय तथा पार्टीको आन्तरिक विवादलगायत विषयलाई लिएर रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको अन्तरवार्ता । 

निर्वाचन परिणामले नेपाली काँग्रेस जसरी अताल्लिएको छ, के त्यो स्वभाविक थिएन र ?

खासमा नेपाली काँग्रेस संविधानको कार्यान्वयन तथा लोकतन्त्रलाई स्थापित गर्नका लागि जसरी भए पनि तीनवटै तहको निर्वाचन गराउनुपर्छ भन्ने कुरामा दृढ र स्पष्ट थियो । त्यसर्थमा तपाईंले इतिहास हेर्नुभयो भने नेपाली काँग्रेसले जहिले पनि लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको अगुवाइ गर्ने गरेको छ । त्यसको अर्थ निर्वाचन गराएर देशलाई सही र विकासको ट्र्याकमा ल्याउन काँग्रेस कटिबद्ध थियो । तर यही बीचमा नेपालको राजनीतिले अलिक कोल्टे फे¥यो र गडबडीले ठाउँ ओगट्यो । 

अलिक कडा र स्पष्ट शब्दमा भन्दा एमाले र माओवादीले दशैँको मुखमा छापामार शैलीमा अत्यन्त गोप्य ढङ्गले एकता गर्ने भने, जुन काँग्रेसका लागि अपेक्षाकृत थिएन । काँग्रेसले त्यो गठबन्धनलाई ‘ब्रेक’ गर्न सक्ने स्थितिसमेत थिएन । खासमा पार्टीभित्र काँग्रेस र माओवादीको एकताले मूर्तरूप लिन नसकेको बारे चर्चा चलि नै रहेको थियो । सायद उहाँहरूको बीचमा पनि यसबारे कुरा भएको होला । यो कुरा हामीले स्थानीय निकायको निर्वाचनको बेला त्यसको ‘भोट कास्टिङ’ हेरेर पनि अनुमान गर्न सक्छौँ । वास्तवमा कम्युनिस्ट सगोत्रीहरू बीचको एकतामा ‘भोट कास्टिङ’ राम्रो हुँदो रहेछ तर फरक विचारधारीसँग भने त्यो नहुँदो रहेछ । 

त्यस्तै उहाँहरूको वाम धारको कुरासँगै काँग्रेसले समेत लोकतान्त्रिक धार निर्माणको नीति अघि सार्यो तर समय अभावका कारण सफल हुन सकेन । हामीले सहकार्य गर्ने भनेको कतिपय दलहरूसँग समेत राम्रो सहकार्य हुन सकेन । तथापि हामीले समानुपातिकको मत हेर्ने हो भने हाम्रो भन्दा जम्मा ४५ हजार मत मात्रै उहाँहरूको बढी हो । हाम्रा प्रत्यक्षका धेरै उम्मेदवारहरू निकै थोरै–थोरै मतले पराजित हुनुभएको छ । भन्नुको अर्थ, यसकारण हामी हार्न गयौँ । 

मैले सोध्न खोजेको काँग्रेस कसरी पराजित भयो होइन कि काँग्रेस पराजित हुनु स्वभाविक थिएन र ? यदि थियो भने अहिले किन अताल्लिएको भन्न खोजेको ।

नेपाली काँग्रेस अताल्लिएको छैन, पराजयको समीक्षा गरिरहेको छ । निर्वाचनको समीक्षाका क्रममामा समीक्षा गर्दैगर्दा हाम्रा गल्ती, कमजोरीहरू कहाँ भए ? यदि हामीले एमाले–माओवादी एकता रोक्न सकेको भए, आन्तरिक पार्टीलाई सुदृढ गरेको भए हामी सफल हुन्थ्यौँ भनेर समीक्षा गरेको हो । काँग्रेस हतास हुनुपर्ने कुनै कारण छैन । नर्वाचनमा मत खसेको अनुपात हेर्दा एमाले–माओवादीका बीचमा जस्तो खाले परिदृश्य देखिँदो रहेछ त्यस्तो परिस्थिति काँग्रेस–माओावादीबीच देखिँदो रहेनछ । 

मैले बारम्बार भन्ने गरेको कुरा के हो भने यदि एमालेले साम्यवादमै जानु थियो भने जनताको बहुदलीय जनवाद भनेर २५ वर्षसम्म जनतालाई किन अल्मल्याएको ? ठूलो पार्टी बन्न मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आधार बनाउने तर ठूलो पार्टी भएपछि त्यसलाई छोडेर साम्यवादमा जान्छु भन्न पाइन्छ ?

तपाईंले भनेको कुरालाई आधार मान्ने हो भने माओवादीले आफ्नो शक्ति जसरी बढाउन सक्छ त्यो ग¥यो । अर्थात् एमालेसँग चुनावी एकता ग¥यो परिणाम ल्यायो तर यसमा मैले नबुझेको काँग्रेस आत्तिएर देशमा अधिनायकवाद आउन थाल्यो भनेर किन भन्नुपरेको ?

तपाईंले सही प्रश्न गर्नुभयो, यसमा तपाईंले हामीले भनेको कुरालाई मात्र आधार नमान्नुस् । जुन दिन एकता भयो त्यस दिन एमाले अध्यक्ष केपी ओलीले अब हामी साम्यवादतर्फ लाग्यौँ भन्दै साम्यवादी राज्य स्थापना गर्नु, हम्रो ध्येय हो भन्नुभएको छ । प्रचण्डले पनि त्यही कुरा भन्नुभएको छ । हामीले उहाँहरूले भनेको कुरामा विश्वास नगर्ने ? वर्तमान प्रधानमन्त्री केपी ओली त बहुदलीय जनवाद प्रतिपादन गर्ने मदन भण्डारीको अति निकटस्थ व्यक्ति हो, जसले जनताको बहुदलीय जनवाद के हो भनेर व्याख्यासमेत गर्नुहुन्छ । 

मदन भण्डारीलाई यो सिद्धान्त प्रतिपादन गर्न सन् १९९० मा सोभियत सङ्घको विघटनसँगै विश्वभरीबाट कम्युनिस्टहरू ओरालो लागेको अवस्थाले सोच्न बाध्य बनायो होला । उहाँले लोकतन्त्र समाप्त पारेर होइन कि माक्र्स र लेनिनको कुरालाई हामीले जनताको भोटबाटै सम्बोधन गर्नुपर्छ भनेर त्यो सिद्धान्तको प्रतिपादन गर्नु भयो होला । तर साम्यवादमा जाने भएपछि त ‘डेमोक्रेसी’ कहाँ रह्यो त ? यस कुरालाई लिएर नेपाली काँग्रेस डराएको होइन कि चिन्तित भएको छ । बारम्बार लोकतन्त्रमाथि पर्ने यस्ता खतराहरूले काँग्रेसलाई निकै चिन्तित बनाएको छ । किनभने विश्वमा लोकतन्त्रभन्दा राम्रो व्यवस्था अर्को छैन भन्ने हामी लोकतन्त्रवादीहरूको ठहर हो । 

नेपाली काँग्रेसमा अहिलेजस्तो समीक्षा भइरहेको छ त्यसलाई तपाईंले रोइलो अथवा रोइकराई गरेको नठान्नु होला । हामी बन्द, अध्यारो कोठमा समीक्षा गर्दैनौँ । बन्द अँध्ययारो कोठामा भूमिगत कम्युनिस्टहरूले समीक्षा गर्ने हो । हाम्रो कुरा तपाईंहरूले सोध्नुहुन्छ, अनि मिडियामा आउँछ । किनभने हाम्रा नेताहरूले आफ्ना कुरा प्रष्टसँग राख्नुहुन्छ । पार्टीको कुरा बाहिर आएपछि किन यो कोकोहोलो, रोइलो अथवा डराएको जस्तो देखिन्छ जुन वास्तवमै त्यस्तो होइन ।  

त्यसो भए वाम गठबन्धनले चोरेको काँग्रेसको चैन फिर्ता गर्ने आधार के हुन् त ?

मैले निर्वाचनताका एउटा कुरा भनेको थिएँ, एमाले–माओवादीको एकताबाट काँग्रेस एक इन्च पनि डराएको छैन र म एक इन्च पनि विचलित भएको छैन । कारण के भने यो एकता भनेको कोदो र तोरीको एकता हो । तोरी पेलेर तेल निकाल्न खोज्यो तेल निस्कँदैन, कोदो पिसेर रोटी खान खोज्यो पिना जस्तो हुन्छ । यी दुवैलाई छुट्याउन खोज्यो तोरी–कोदो एकैजस्तो हुनाले न तोरी शुद्ध हुन्छ न कोदो । भन्नुको अर्थ कोदो छुट्याउन खोज्यो तोरी आउँछ, तोरी छुट्याउन खोज्यो कोदो आउँछ । त्यसैले लोकतन्त्रवादीहरू कोदो–तोरीको समिश्रणबाट डराउनु पर्दैन । 

केपी ओलीको जस्तो पृष्ठभूमि मैले देखेको छु । त्यसलाई आधार मान्दा म विल्कुल डराएको छैन । उहाँ साम्यवाद ल्याउने, त्यसको प्रवर्तक होइन । केपी ओली भनेको भाग्य दरो लिएर जन्मिएको एउटा व्यक्ति हो ।

मैले बारम्बार भन्ने गरेको कुरा के हो भने यदि एमालेले साम्यवादमै जानु थियो भने जनताको बहुदलीय जनवाद भनेर २५ वर्षसम्म जनतालाई किन अल्मल्याएको ? ठूलो पार्टी बन्न मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आधार बनाउने तर ठूलो पार्टी भएपछि त्यसलाई छोडेर साम्यवादमा जान्छु भन्न पाइन्छ ? त्यसैगरी माओवादीले पनि एमालेसँगै एकता गर्नु थियो भने १० वर्ष जनयुद्ध गरेर १७ हजार व्यक्तिको हत्या किन गरेको ? जनयुद्ध थाल्ने बेलामै एमाले पार्टी जीवितै थियो, त्यति बेलै एकता गरेर आएको भए हुन्थ्यो नि । जनता, देश भनेको ख्याल ख्याल गर्ने कुरा हो ? त्यस्तो कदापि हुन सक्दैन । तर तपाईंले काँग्रेसलाई हेर्नुभयो भने उसले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेको छ । त्यसबाट ऊ एक इन्च पनि विचलित हुँदैन । अहिले यो गठबन्धन एकतामा कायम भए पनि काँग्रेस आफ्नो सिद्धान्त र निष्ठाबाट एक इन्च पनि विचलित हुँदैन हुने छैन ।

पराजयपछि नेताहरूलाई सङ्गठन, नेतृत्व, नीति, व्यवहार, आचरण आदिको झल्यास्स सम्झना हुन थाल्छ । मानिलिनुस उहाँहरूलाई कसैले जल छर्केर अब यो कुरा गर भनेर दिव्य ज्ञान दिएको होस् । जबकि त्यो कुरा त पहिलेदेखि नै पार्टीमा उठाइराख्नुपर्ने, छलफल गरी राख्नुपर्ने होइन र ? 

तपाईंले भनेको कुरामा आंशिक सत्यता छ । मानवीय प्रवृत्ति नै के हुँदो रहेछ भने ठूलो उपलब्धि हात लाग्यो भने साना कुराहरू मान्छे बिर्संदो रहेछ । उदाहरणको रूपमा सय मिटरको दौडमा तपाईं पहिलो हुनुभयो भने बीचमा तपाईंलाई अल्झाउने एउटा त्यान्द्रोको सम्झना हुँदैन । तर त्यही दौडमा तपाईं पाँचौं हुनुभयो भने त्यो त्यान्द्रोलाई सम्झेर तपाईं निकै पश्चाताप गर्नुहुन्छ, भनेजस्तै काँग्रेसले विजय प्राप्त गरेको भए, स्पष्ट बहुमत ल्याएको भए अथवा सबैभन्दा ठूलो दल भएको भए यस्ता झिना–मसिना कुराको समीक्षा कसैले पनि गरिरहने थिएन । त्यो पक्का कुरा हो । तर हाम्रो पार्टीको अहिले जस्तो खाले ‘म्याकानिजम’ छ, त्यसलाई सुधार गर्नैपर्छ । 

सत्ता हात पारेको भए यो समीक्षा हुँदैन्थ्यो, सत्ता हात नलागेकाले पार्टीमा अहिले समीक्षा गर्नुपरेको छ ?

त्यस्तो होइन, सत्ता प्राप्ती गर्ने नगर्ने भन्ने कुरा होइन् । तपाईंले अघि निर्वाचन हार्नुअघि नै सोच्नु पर्दैन्थ्यो भन्नु भयो, त्यसमा हामीले ‘प्रिप्लान’ बनाउनै पथ्र्यो, जुन हुन सकेन । अहिलेको कुरा के हो भने हाम्रो ठूलो पराजय भएकाले चर्को समीक्षा भइरहेको हो । यदि जितेको हुन्थ्यो भने यो कुराको समीक्षा त्यति हुँदैनथ्यो भन्न खोजेको । 

तपाईं वर्तमान प्रधानमन्त्री केपी ओलीसँग झापामा निर्वाचन लडेको व्यक्ति, नेपाली काँग्रेसका नेताहरूले ओलीको सरकारले अधिनायकवाद ल्याउने भयो भनेर अभिव्यक्ति दिइरहँदा उहाँलाई त पक्कै पनि तपाईंले नजिकबाट नियाल्नुभयो होला, के ओलीले साँच्चै अधिनायकवाद ल्याउन लागेका हुन् ?

तपाईंले सही प्रश्न गर्नुभयो । यसको उत्तर दिन पाउँदा मलाई खुसी लागेको छ । केपी ओलीलाई व्यक्तिगत रूपमा म चिन्दिनँ । व्यक्तिगत रूपमा उहाँसँग मेरो कुनै सम्बन्ध छैन, सिवाय हामी दुवै राजनीतिक कार्यकर्ता हौँ । दुवै राजनीतिक कार्यकर्ता भएको नाताले उहाँका कुराहरू, उहाँको इतिहास, विगतदेखि वर्तमानसम्मको विषयमा म जानकार छु, नियाल्छु र विश्लेषण गर्छु । 

केपी ओलीको जस्तो पृष्ठभूमि मैले देखेको छु । त्यसलाई आधार मान्दा म विल्कुल डराएको छैन । उहाँ साम्यवाद ल्याउने, त्यसको प्रवर्तक होइन । केपी ओली भनेको भाग्य दरो लिएर जन्मिएको एउटा व्यक्ति हो । उहाँले कम्युनिस्ट आन्दोलनमा योगदान गर्नुभएको कुरा आफ्नो ठाउँमा छ । त्यो योगदान अविस्मरणीय होला तर केपी ओलीले ‘ड्राइभ’ गरेर नेपालमा साम्यवाद आउँछ भन्ने कुरा म एक लाख अंशको एक अंश पनि विश्वास गर्दिनँ । म यसबारेमा पूरै विश्वस्त छु । 

देशको प्रधानमन्त्रीले टिभीमा सम्बोधन गर्दैगर्दा ओलीजीले बोलेको कुरालाई हास्यव्यङ्ग्यकारले बोलेको जस्तो ठानेर टिभी बन्द गर्ने स्थिति नआओस् । त्यसैले उहाँले देशको गरिमा कायम गर्न सक्नुपर्छ । तपाईंले बोल्दा देश उकालो लाग्ने र ओरालो लाग्ने हुन्छ । देशको प्रधानमन्त्रीको बोलीमा त्यस देशका जनताको रोटीको सवाल जोडिएको हुन्छ । देशको प्रधानमन्त्री बोल्दा ग्लानी होइन कि गर्व हुनसक्ने वातावरण बनाउन सक्नु पर्छ । 

यो कुरा त काँग्रेसको नेतृत्वलाई तपाईंले राम्रोसँग भनिदिनुप¥यो नि । किनभने उहाँहरू जसरी भोलि नै अधिनायकवाद, साम्यवाद आउन थाल्यो भनेर आत्तिनु भएको छ । उहाँहरूलाई तपाईंले नआत्तिनुस, धार्जेले बसेर पानी पिएर आफ्नो अभिव्यक्ति दिनुस भन्नुप¥यो नि होइन र ?

अब मेरो फोरम भनेको तपाईंहरू नै हो । म तपाईंकै मिडिया मार्फत यी कुरा भन्न चाहन्छु । नेपाली काँग्रेस हतोत्साही हुनुपर्ने कुनै कारण र अवस्था छैन । तर यसो भनिरहँदा चुप लागेर बस्ने, तपाईंले भनेजस्तो पानी पिएर बस्ने स्थिति चाहिँ होइन । हामी सङ्गठनमा जानुप¥यो । वामपन्थीहरूले लिएको साम्यवादको लक्ष्यभन्दा हामीले लिएको प्रजातान्त्रिक समाजवादको लक्ष्य अब्बल छ भनेर हामीले जनतालाई गोलबद्ध गर्नु प¥यो । 

केही क्षेत्रीय दलहरू, पुराना शक्तिहरू, जसमा थोरबहुत मानिसको रुझान छ, ती सबैलाई यसको महत्व बुझाएर प्रजातान्त्रिक धारतर्फ समाहित गर्नुप¥यो । हामीले पनि सङ्गठन, प्रशिक्षणलाई जोड दिनु बेस हुन्छ । हामी चुप लागेर बस्न हुन्न । तर एमाले–माओवादीबीचको एकता भएर यहाँ साम्यवाद आएर मान्छेहरू अब बोल्न, रुन, कराउन केही पनि पाउँदैनन भन्ने जस्तो जुन स्थिति छ त्यो विल्कुल रहँदैन । तपाईं ढुक्क हुनुस् । 

तपाईंले निर्वाचन ताका केपी ओलीलाई ‘राम्रो हास्य कलाकार’ भएको बताउनुभएको थियो । आज ओली दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शासन चलाइरहँदा तपाईंले उहाँमा केही परिवर्तन देख्नुभएको छ, अथवा उहाँमा त्यो गुण अझै कायम छ ?

मानिसमा केही गुण उसको वंशाणुगत नै आएको हुँदो रहेछ । त्यो हराएर जाँदो रहेनछ । थोरै कम गर्न भने सकिन्छ । उहाँमा रहेको त्यो ‘इनहेरिटेड क्यारेक्टर’ जुन पहिलेदेखि नै विद्यमान छ, त्यो गइसकेको म देख्दिनँ । अलिकति कम भएको अनुभूति चाहिँ मलाई भएको छ । मैले उहाँको भाषण सुरु गरेदेखि अन्त्य नगरुन्जेलसम्म हेर्ने गरेको छु । भन्नुको अर्थ उहाँले लाल सलाम कमरेड भनेदेखि धन्यवाद नभनेसम्म उहाँलाई नियाल्दा उहाँ नेपालको कुनै मदनकृष्ण, हरिवंश, जितु नेपाल, सीताराम कट्टेलभन्दा कम कलाकार होइन । 

मलाई लाग्ने के हो भने विदेशमा हाम्रा झण्डै ४० लाख नेपाली दाजुभाइहरू बसोबास गर्नु हुन्छ । पहिलो ठूलो दलको नेता, देशको प्रधानमन्त्रीले टिभीमा सम्बोधन गर्दैगर्दा ओलीजीले बोलेको कुरालाई हास्यव्यङ्ग्यकारले बोलेको जस्तो ठानेर टिभी बन्द गर्ने स्थिति नआओस् । त्यसैले उहाँले देशको गरिमा कायम गर्न सक्नुपर्छ । तपाईंले बोल्दा देश उकालो लाग्ने र ओरालो लाग्ने हुन्छ । देशको प्रधानमन्त्रीको बोलीमा त्यस देशका जनताको रोटीको सवाल जोडिएको हुन्छ । देशको प्रधानमन्त्री बोल्दा ग्लानी होइन कि गर्व हुनसक्ने वातावरण बनाउन सक्नु पर्छ । 

तपाईंलाई के लाग्छ, वर्तमान नेतृत्वको काँग्रेस पार्टीलाई यो सङ्कटको खोला कटाउन कटिबद्ध र सक्षम छ अथवा उसको विकल्पबारे सोच्ने बेला आइसकेको छ ?

जसरी तपाईंलाई २४ घण्टा हुन्छ, पार्टी सभापति शेरबहादुर देउवालाई पनि २४ घण्टा नै हुन्छ र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि २४ घण्टा नै हुन्छ । यसलाई जति राम्रो गरी व्यवस्थापन गर्न सकिन्छ व्यक्ति, नेता, सभापति पनि त्यति नै सफल हुने हो । हाम्रो मेकानिजम त्यति चुस्तदुरुस्त छैन । ‘हाइरार्की मेन्टेन’ गर्दागर्दै बाँकी कुरा समाप्त हुने स्थिति देखापरेको छ । समयको अत्यन्तै पावन्दी छ तर समयमै निकै लापरवाही छ । यस्तो अवस्थामा एक्लै शेरबहादुर देउवाका कारणले काँग्रेसले निर्वाचन हारेको हो त ? म विल्कुल सहमत छैन । 

सभापतिका कारणले निर्वाचन हार्नुप¥यो भन्ने कुरा पहिले मान्न सकिन्थ्यो किनभने पहिले सभापति मात्रैको निर्वाचन हुन्थ्यो र अन्य पदाधिकारी उनैले मनोनित गर्थे तर आज सबैजसो पदाधिकारी र केन्द्रीय समितिको निर्वाचनबाट टुङ्गो लाग्ने गर्छ, अनि कसरी सभापतिको कारणले निर्वाचन हारियो ? सबै आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने अनि अधिराज्यभर सभापतिका कारणले हारेको भन्न मिल्दैन । यस्तो अवस्थामा विकल्प भनेको नेतृत्व परिवर्तनको होइन, एकताको हो । यस्तो अवस्थामा सबैले आआफ्ना कमीकमजोरी सम्झेर मः मः गर्ने हो । सभापति सबैको अभिभावक हो । अहिलेको अवस्थामा छोराछोरी यो बिग्रियो भनेर सभापतिले पनि धर पाउनु हुन्न । उहाँको दायित्व भनेको सबैलाई मिलाएर, सङ्गठनलाई चुस्त, दुरुस्त पारेर लाने हो । हामीले निर्वाचन हारेको हो तर दोष जति सभापतिलाई बोकाउन मिल्दैन हामी आफै पनि गच्छे अनुसारका दोषी छौँ । 

काँग्रेसको आन्तरिक विवादको जरो कहाँ अड्किएको छ र यसको समाधानका आधारहरू केके हुन् ? 

नेपाली काँग्रेसको वास्तविक विवाद भनेको आफू कसरी सुरक्षित हुने भन्ने हो । उदाहरणका रूपमा कोही व्यक्ति क्षेत्रीय सभापति छ भने उसले आफू मातहतको सबै कमिटी मेरै जस्तो बनोस, मेरै इसारामा चलोस भन्ने चाहन्छ । यो रोग हटाउनै पर्छ । आशनग्रहण र भाषण गर्न पाउनुपर्छ भन्ने विवाद नै काँग्रेसको मूल विवाद हो । यस समस्यालाई पार्टीले हल गर्न सकेको छैन । यसैले पार्टीमा शत्रुता, अन्तर्घात र पराजयको स्थिति निम्त्याएको छ । त्यसैले समाधान गर्न पार्टीले यसमा एउटा मर्यादाक्रम बनाएर नीति लागू गर्नुपर्छ । 

साथै पार्टीलाई चुस्तदुरुस्त बनाउनका लागि पार्टीको महत्वपूर्ण र आधारभूत तहलाई सुधार गरेर जानुपर्छ । त्यसपछि पार्टीका क्रियाशील सदस्यलाई शपथ ग्रहणको विधिमा ढाल्नुपर्छ । प्रत्येक निकायमा क्रियाशील छानविन समिति बनाइनुपर्छ । सबै स्थानीय कमिटीहरूको आवधिक निर्वाचन गराउने विधिको विकास गर्नुपर्छ । पार्टीले आफ्नो कार्यशैलीलाई यथास्थितिवादी होइन कि ४२ वटा विभागलाई विज्ञहरूको टोलीबाट समृद्ध गर्नुपर्छ । यति भयो भने पार्टीमा भएका समस्याहरू समाधान भएर जान्छन् । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...