वाई वाई ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन २०१८ को दोश्रो संस्करण हुने
काठमाडौं । वाई वाई द्वारा प्रस्तुत ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन २०१८को दोश्रो संस्करण हुने भएको छ ।
वाई वाई द्वारा प्रस्तुत ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन २०१८ को दोश्रो संस्करणको विजेताको घोषणा सेप्टेम्बर १मा हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । यो सम्मेलन किशोर किशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्ने अवसर भएको आयोजकको भनाई छ । यस सम्मेलनले विभिन्न राष्ट्र जस्त्रै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घाना आदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफल मार्फत प्रदर्शन गरिने बताइएको छ।सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिने छ जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउने छन् ।
सम्मेलनको मुख्य उदेश्य जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोर किशोरीहरु को उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको आयोजकका भनाई छ । यही प्रस्तुतीकरणको आधारमा सम्मेलन पश्च्यात वाई वाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिने छ । पहिलो संस्करणमा दाङका १८ वर्षीया सचिन डाँगी २०१७ का वाई वाई ग्लोकल टीन हीरो बिजेता बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा