‘बेबी आई लभ यू’ले पनि गर्यो ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा
बुधबार, ०२ जेठ २०७५, १५ : ०९
काठमाडौं – पछिल्लो समय चलचित्र प्रचारका लागि बिभिन्न कम्पिटिसनको ट्रेन चलेको छ । यस्तै १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले पनि ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।
जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गरेको छ ।
निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिइने निर्माण युनिटले जनाएको छ । ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज