शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सि-आस्वामा समस्या आएपछि बोर्डले सिडिएससीलाई दियो यस्तो निर्देशन

आइतबार, ०६ जेठ २०७५, १७ : २१
आइतबार, ०६ जेठ २०७५

काठमाडौं– सि—आस्वा सफ्वेयमा समय समयमा समस्या आएको भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिडेटलाई नेपाल धितोपत्र बोर्डले प्रभावकारी बनाउन निर्देशन दिएको छ । 
लगानीकर्ता  र सि—आस्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट सफ्टवेयरकोे  कनेक्टिभीटि तथा सफ्टवेय ह्यांङ हुने समस्या आएको भन्दै बोर्डमा गुनासो आएको थियो । सो पश्चात सिडिएससीलाई त्यस्तो निर्देशन दिएको हो ।
 बोर्डले सफ्टवेयरको कनेक्टिभीटि क्षमता बढाउने संयन्त्रको विकास गर्न निर्देशन दिएको छ । 
साथै, सि—आस्वा सेवा प्रदायक संस्थाहरुलाई आवेदन गर्दा नै खातामा रहेको रकम तत्काल रोक्का हुने व्यवस्था  गरी तत्कालै जानकारी दिने संयन्त्रको बिकास गर्न, सि—आस्वाको बारेमा पर्याप्त प्रचार प्रसार गर्न र प्रभावकारी कार्यान्वयन गराउँन कर्मचारीको क्षमता बृद्धिमा ध्यान दिन बोर्ड भनेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप