शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस सम्बन्धी सम्झौतामा हस्ताक्षर

मङ्गलबार, ०८ जेठ २०७५, १९ : २३
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आईक्यान) ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र साराबीच सम्झौता भएको हो ।

उक्त सस्था र बैंक बिच एनएफआरएफ (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप