मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गोकर्ण विष्टको सम्पत्ति कति ? यस्तो छ सम्पत्ति विवरण

बुधबार, ०९ जेठ २०७५, १४ : ३६
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार  गुल्मीको इस्मा गाउँपालिका निवासी  विष्टको आफनो नाममा घर छैन । यद्यपी प्रमिला श्रेष्ठको नाममा काठमाडौंको सामाखुसीमा ४० लाखमा खरिद गरेको घर रहेको छ । 

यस्तै गुल्मीको इस्मा गाउँपालिका ४ मा  भीमबहादुर  विष्टको नाममा कच्ची घर र २ वटा कटेरो रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै गुल्मीमै पैतृक सम्पत्तिको रुपमा ८ स्थानमा जग्गा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

यस्तै पैतृक र खरीदबाट अन्दाजी ७ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरिएको छ । 

नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२हजार, एभरेस्ट बैंकमा  २० हजार, नेपाल बैंकमा  ४ लाख १३ हजार ७ सय ४, इन्भेस्टमेन्ट बैंककै  अर्को खातामा ८५ हजार ८९०, नबिल बैंकमा १ लाख ४२ हजार ५३९ र एभरेस्ट बैंकको अर्को खातामा ४० हजार नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । जुन उनी र श्रीमतीको नाममा छुट्टाछुट्टै रहेको छ । 

यस्तै प्रमिला श्रेष्ठको नाममा मेघा बैंक र कृषि विकास बैंकमा शेयर रहेको पनि उल्लेख गरिएको छ । 

सिद्धार्थ बैंकमा ३६ लाख, कन्चय कोषमा ६ लाख तिर्नु रहेको तथा अम्बिका बस्नेत, भागवत सापकोटा इन्द्र विष्टलाई क्रमशः १० लाख, ६ लाख र १५ लाख तिर्न बाँकी भएको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यस्तै उनले  भैंसी बाख्रा, भिटी, दराज र सोफालाई पनि सम्पत्ति विवरणको रुपमा उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप