शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज विश्व थाइराइड डे : के हो थाइराइड ?

शुक्रबार, ११ जेठ २०७५, ०९ : ५५
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं । विश्व थाइराइड डेको अवसर पारेर अल्का अस्पताल  काठमाडौं  डाइबेटिज एण्ड थाइराइड सेन्टर प्रालि र लायन्स क्लव अफ अल्काले शुक्रबार विहान र्‍याली निकालेको छ। 

अल्का अस्पतालबाट शुरु भएको र्‍याली जावलाखेल चोक, कुमारीपाटी, लगनखेल, कृष्णमन्दिर, गावाहल, पुल्चोक हुदैँ पुन अस्पतालमा आएर सकिएको थियो। 

थाइराइड डे कै अवसर पारेर अस्पताल प्राङगणमा निःशुल्क स्वास्थ्य शिविर भइरहेको छ ।

थाइराइड रोगसम्बन्धि निशुल्क शिविर आयोजना गरिएको हो। सो शिविरमा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा अंशुमाली जोशी र डा. प्रियादर्शीनी योञ्जनले विरामीको निशुल्क उपचार गरिरहेका छन् । 
त्यस अवसरमा विरामीको टिएफटी, टिएसएच लगायतका परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए ।

के हो थाइराइड

- थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ।

- त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसैकसैको गन्थ्रीमा टियुमर पलाएर पनि थाइराइड देखा पर्छ।

- थाइराइड रोग ३ किसिमका हुन्छन्।

- थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर।

- थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरिर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् ।

- त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् ।

- थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षण भन्दा अल्लि फरक हुन्छ।

- गर्मी महसुस हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् ।

- थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

थाइराइड कसरी लाग्छ

खानपिनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग  लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थकिो भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

उपचार विधि

- थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए(

- बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने

- अप्रेसन गर्नु पर्दैन

- औषधि परीक्षण गर्दा ६ महिनासम्म रगत जाँच गर्नुपर्छ ।

- थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए

- कम्तिमा १२ देखि १८ महिनासम्म औषधि खाने

- गलगाँडको अप्रेसन गर्ने

- रेडियोएक्टिभ नामक औषधि प्रयोग गर्ने ।

- थाइराइड ग्रन्थीको क्यान्सर भएमा

- अप्रेसन गर्ने, अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गर्ने, उपचारमा नियमित जाँच

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप