शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका दक्षिण कोरिया फोनवार्ता

आइतबार, १३ जेठ २०७५, १७ : ०८
आइतबार, १३ जेठ २०७५

एजेन्सी– आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । 

सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता सर्ने भनिएको तर आइतबार एकाएक पूर्वनिर्धारित मिति जुन १२ मा नै हुने भनी समाचार आएपछि उक्त फोनवार्ता भएको बताइएको छ । 

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच बिहीबार अकस्मात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग जुनमा सिंगापुरमा हुनलागेको शिखर वार्ता स्थगित गरेको जनाएको केही समयपछि गएको बिहीबार पनि वार्ता भएको थियो । 

आइतबार पुनःउक्त वार्ता समयमै हने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउनीहरुबीच त्यसका विषयमा विकसित परिस्थितका बारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप