कुमारी बैंक र ओम अस्पतालबीच स्वस्थ्य सेवा सम्झौता
मङ्गलबार, ०५ असार २०७५, १७ : ४३
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ ।
उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा