गुडिरहेको कारमा मेकअप गर्दा महिलाको आँखाभित्र छिर्यो आइब्रो पेन्सिल
थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दा भयानक दुर्घटनाको सामना गर्नुपरेको छ । मेकअप गरिरहेका बेला उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ ।
अडिटी सेन्ट्रलका अनुसार बैंककमा २० वर्षकी महिला आफ्नो साथीको घर जानका लागि एउटा ट्याक्सीमा सवार थिइन् । तर बाटोमा अत्यधिक ट्राफिक जामका कारण ट्याक्सी बिस्तारै गुडिरहेको थियो ।
स्रोतका अनुसार ट्राफिक जाममा टाइम पास गर्नका लागि महिला मेकअप गर्न थालिन् । यसैबीच ट्याक्सी पिकअपसँग ठोक्कियो जसका कारण महिला अगाडि हुत्तिइन् जसका कारण उनका हातमा भएको आइब्रो पेन्सिल उनको बायाँ आँखाभित्र छिर्यो । उनलाई तुरुन्त अस्पताल पुर्याइयो ।
डाक्टरका अनुसार सौभाग्यवश, उक्त आइब्रो पेन्सिलले उनको आँखाको संवेदनशील अंगलाई खराब नगरेका कारण उनी केही दिनमा नै ठिक हुनेछिन् । डाक्टरले पेन्सिलको आधा भाग नै आँखाभित्र छिरेका कारण आँखाबाट रगत बगेको र नाकबाट पनि थोरै रगत निस्किएको जानकारी दिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल