किंग्स कलेजले नन् प्रफिट म्यानेज्मेण्ट र एग्री विजनेशमा एमबिए कोर्श संचालन गर्ने
काठमाडौं । ब्यापार तथा ब्यवस्थापन शिक्षा प्रदान गर्दै आएको किंग्स कलेजले यसै वर्षदेखि नेपालमा पहिलो पटक– एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट र एमबिए इन एग्री विजनेश संचालन गर्ने भएको छ ।
अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आउँदो श्रावण दोश्रो हप्तादेखि कक्षा संचालन हुने यि दुबै कार्यक्रमहरु नेपाली परिवेश सुहाउँदो गरी नेपालमै विकास भइ त्रिभुवन विश्वविद्यालयबाट स्विकृत भइसकेका कलेजले जनाएको छ ।
नेपालको उच्च शिक्षालाई एक फरक उचाइमा पुर्याउन र समयसन्दर्भ अनुसार पाठ्यक्रमको विकास गरी विद्यार्थीहरुलाई विषय छनौटको बृहत विकल्प प्रदान गर्ने कलेजको दावी छ ।
सरकारी, गैरसरकारी, गैरनाफामूक, सामाजिक उद्यमशिलता तथा विकासे क्षेत्रमा कुनै न कुनै रुपमा संलग्न भइसकेका वा हुन चाहने अथवा यी क्षेत्रहरुका ब्यवस्थापन एवं नेतृत्व तहमा रहेर वा अन्य अभ्यासहरुद्धारा योगदान गर्न चाहनेहरुका लागि एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट संचालन गर्न लागिएको कलेजले जनाएको छ ।
त्यसैगरी, कलेजले वन विज्ञान, बनस्पती विज्ञान, वातावरण तथा खनिज लगायत अध्ययन गरेका विद्यार्थी, कृषि क्षेत्रलाई आधार बनाइ उद्यमशिलता गर्न चाहने ब्यक्ति तथा सो क्षेत्रमा स्टर्टआपको रुपमा काम गरिरहेको र आफ्नो ब्यापारलाई बृद्धिको दिशातर्फ लैजान चाहिरहेका ब्यक्तिहरुको लागि एमबिए इन एग्री विजनेश प्रदान गर्न लागिएको जनाएको छ ।
कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले दशकांैदेखि नेपाल कृषिप्रदान राष्ट्र हो भनी विद्यालय तहदेखि नै पढ्ने तर पढाइ सकेपछि कृषि क्षेत्रमा आउन लजाउने नयाँ पुस्तासमक्ष कृषि उद्यमशिलता, ब्यापार, नाफा र ब्यवस्थापनको एक प्रमुख क्षेत्र हो भनेर प्रष्ट्याउन खाँचो रहेकोले कलेजले यस कोर्षलाई ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा