किरा पाउनै छाड्यो, अब के खाने ?
बझाङ - ‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका)का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा अनौपचारिक कुराकानीका क्रममा चिन्ता व्यक्त गरे । आजको कान्तिपुरको पृष्ठ १४ मा यो समचार छापिएको छ ।
यो चिन्ताले उनलाई मात्र हैन, बझाङको उत्तरी भेगमा बसोबास गर्ने आधा जनसंख्यालाई पिरोल्न थालेको छ । कुनै बेला भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भनेर चिनिएका जिल्लाका उत्तरवर्ती गाउँहरूमा यार्साको उत्पादन बर्सेनि घट्न थालेपछि संकलकहरूको जीवनशैलीमा केही वर्षयता व्यापक फेरबदल आउन थालेको छ ।
मनमौजी खर्च गर्ने बानी लागेका बझाङको उत्तरी भेगका आधा जनसंख्यालाई अहिले के खाने, के लाउने चिन्ताले घेरेको छ, खेतीपाती छाडेर यार्सा संकलनबाट कमाउन पल्केकाहरू उत्पादन घटेपछि समस्यामा पर्न थालेका छन् ।
जीवनबुटीका नामले प्रख्यात बहुमूल्य जडिबुटी यार्सागुम्बु उत्पादनमा प्रत्येक वर्ष गिरावट आउन थालेपछि यार्साकै कारण नयाँ जीवन पाएका बझाङका विकट गाउँका धेरै बासिन्दा आफ्नो भविष्यबारे चिन्तित देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै