११ वर्षिया बालिका बलात्कृत, आरोपी पक्राउ
बिहीबार, १४ असार २०७५, १० : ४०
गुल्मी । गुल्मीको हस्तीचौरमा तीन दिनअघि ११ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा स्थानीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षीय प्रेमबहादुर कार्की नावालिका बलात्कारको अभियोगमा गत राती पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
उनका अनुसार कार्कीले असार ११ गते साँझ करिब ५ वजेको समयमा बालिकालाई घरमै बोलाएर वलात्कार गरेका हुन् । पीडितले वुधबार घट्नाबारे हस्तीचौर प्रहरी चौकीमा उजुरी दिएपछि घट्ना बाहिरिएको हो ।
कार्कीलाई गुल्मी सदरमुकाम तम्घासको धागीथुममा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय मुद्दाफाँटमा कार्यरत असई सत्यनारायण यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा