कविता : जल
शनिबार, ३१ असार २०७४, ०७ : ५४
-नगेन्द्र थापा
जून मुस्कुराउँछ सूर्य अस्ताउन खोज्दा
मुस्कुराउँछ बच्चा खेलौना बनाउन खोज्दा
म शत्रुहरूको पनि शत्रु बन्न कहिले सकेन
झन मुस्कुराइ दिन्छन् मैले डराउन खोज्दा
छन त सुन्दर फूलहरू थिए बगैँचाभरी
बिचरा भमरा रोयो मैले समाउन खोज्दा
पेटभित्रै पनि कति कुरा जानेर आएका
कैयौँ सिकायो बच्चाले सिकाउन खोज्दा
सायद ऊप्रति प्यार नभए यस्तो नहुनुपर्ने
आँसु आफ्नै खस्यो उफलाई रुवाउन खोज्दा
-आठबीस नगरपालिका–१, दैलेख