कविता : यस्तो नभएको भए
-हरि थापा
फूल त्यसै फुल्ने थिएन होला
सायद यो धर्तीमा माटोको साहारा
नभई दिएको भए
अहिलेका बालबालिका
विग्रने थिएनन् होला
सायद यो मोबाइल
उपयोगको साधन नभइदिएको भए
पढ्न जाऊ बाबुभन्दा
आफै जान्ने सुन्ने बन्छन्
सायद यति चलाख बन्ने थिएनन्,
प्रविधिको विकास
नभई दिएको भए ।
शिक्षकले होमवर्क माग्दा
सजिलै छैन सर भन्छन्
सायद यस्तो बाहना बनाउने थिएनन् होला
बत्ति नगई दिएको भए ।
घरमा गयो रिमोट हातमा
होमवर्क विर्सिदिन्छन्
सायद बालबालिका फेल हुने थिएनन्
टिभी नभइदिएको भए
ज्ञानगुन सिक्ने बाहनामा
मनोरञ्जनमा रम्छन्
सायद आत्माहत्या हुने थिएन होला
यस्तो नौटङ्की ऐक्सन मुभी नभइदिएको भए ।
बाल अभियान चलाउनेहरू, कमी छैनन् यहाँ
सायद बाल अपराध हुने थिएन होला
यस्ता डलरवादी संस्था नभइदिएको भए ।
महिला हिंसा बढ्दै छ
समाधान गर्न ठाउँ छैन
यस्तो अत्याचार त पक्कै हुने थिएन
महिलावादि संस्थाहरु नभई दिएको भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा