शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना सुरु

बिहीबार, २८ असार २०७५, १५ : ३६
बिहीबार, २८ असार २०७५

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य शुरु गरिएको छ । 

आयोजनाको बोरिङ गर्ने कार्य शुरु गरिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार सात सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए । 

चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप