शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय सुनुवाई विशेष समितिको बैठकः कार्यविधि पारित

बिहीबार, २८ असार २०७५, १६ : ०७
बिहीबार, २८ असार २०७५

काठमाडौं–संसदीय सुनुवाई विशेष समितिको बिहिबार बसेको बैठकले कार्यविधि पारित गरेको छ । 
संसदीय सुनुवाई विशेष समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो ।
 कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । 
 त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भए÷नभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यबिधिमा तय गरिएको छ ।
 कार्यविधिमा सिफारिसमा परेका व्यक्तिहरुको सुनुवाईलाई प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई पनि सहभागी गराउने पनि उल्लेख गरिएको छ । समितिका सदस्य भट्टराईले सुनुवाई प्रक्रियालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने व्यवस्था पनि गरिएको बताए ।  गत मंगलबार बसेको समितिको पहिलो बैठकले कार्यविधि तय गर्न भट्टराई, शिवकुमार मण्डल केवट र पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।
समितिले आजैबाट प्रधानन्यायाधिशमा सिफारिस दिपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ । आजै सूचना जारी गरेर प्रधानन्यायाधिशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य भट्टराईले जानकारी दिए । 
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप