शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु

बिहीबार, २८ असार २०७५, १६ : १६
बिहीबार, २८ असार २०७५

राजविराज– सप्तरीको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको हो । 

बा.७०प ८०९२ नंको मोटरसाइकललाई ना.५ख ४८१७ नंको बसले ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ । 

त्यस्तै, वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कृष्ण सवरन गाउँपालिका–३ बस्ने चार वर्षीय जीवन मण्डलको खेल्ने क्रममा घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप