शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मार्समेलो काण्ड’ दोहोरिने डर : क्लव डेजाभु प्रहरीको नियन्त्रणमा, पुनम पाण्डेको कार्यक्रम अनिश्चित

आइतबार, ३१ असार २०७५, १६ : २१
आइतबार, ३१ असार २०७५

काठमाडौँ । चर्चित भारतीय मोडल पुनम पाण्डेलाई उपस्थित गराएर आइतबार साँझ दरबारमार्ग स्थित क्लव डेजाभुमा गर्ने भनिएको कार्यक्रम अनिश्चित भएको छ ।

पुनमको उपस्थितीमा विशेष कार्यक्रम गर्ने भन्दै क्लव डेजाभुका सञ्चालकले लाखौँको टिकट बिक्री समेत गरिसकेको भए पनि स्थानीय प्रशासनबाट स्वीकृति नलिएको पाइएपछि प्रहरीले क्लव डेजाभु नियन्त्रणमा लिएको छ ।

‘कार्यक्रम अयोजकहरुले स्थानीय प्रशासनबाट स्वीकृति लिएको पाइएन’ महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख (डिएसपी) दान बहादुर मल्लले भने, ‘स्थानीय प्रशासनको स्वीकृति बिना कार्यक्रम सञ्चालन गर्न मिल्दैन, अहिले क्लबमा प्रहरीको ड्युटी खटाएका छौँ ।’

स्थानीय प्रशासनको स्वीकृति बेगर कार्यक्रमको तयारी गर्न समेत प्रहरीले रोक लगाएको छ ।

रसियामा जारी विश्वकप फुटवलको अवसरमा काठमाडौं आएकी पाण्डले आइतबार फ्यानहरुसँग बसेर फुटबल हेर्ने र विशेष कार्यक्रम प्रस्तुत गर्ने आयोजकहरुले शनिवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । क्लब डेजाभुका सञ्चालक केपी गैरेले मोडेल पाण्डेले फ्यानहरुका बीचमा फुटबल हेर्ने चाहना राखेकोले काठमाडौं ल्याएको बताएका छन् ।

२०७४ मंसिर २८ गते अमेरिकन डिजे मार्समेलोले प्रस्तुती दिने भनिएपछि उनी अनुपस्थित भएपछि दर्शकहरुले क्लवमा तोडेफोड गरेका थिए । त्यतिवेला मार्समेलो ल्याउने भन्दै लाखौंको टिकट बेचेर ठगी गरेको भन्दै कार्यक्रम आयोजक रितेश मारवाडी, राजीव महर्जन तथा क्लव सञ्चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप