शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा सुमोले यात्रुसँग मनपरी भाडा असुल गरेको गुनासो

सोमबार, ३२ असार २०७५, १७ : १५
सोमबार, ३२ असार २०७५

वीरगन्ज–वीरगन्ज–काठमाडौ रुटमा चल्ने टाटा सुमोका सन्चालकहरुलेसरकारले तोकेको भाडा दर भन्दा बढि रकम असुल गरेको गुनासो यात्रुहरुले गरेका छन् । 
सरकारले वीरगन्ज काठमाण्डौको एकतर्फी भाडादर पांच सय ३० रुपैया निर्धारण गरेको भएपनि टाटासुमोका सन्चालकहरुले भने प्रति यात्रु ६ सय देखि आठ सय रुपैया सम्म असुली गरिरहेको उनीहरुको गुनासो छ।  
पटक पटक पहिरो खसेर नारायणगढ मुग्लीन सडक खण्डको यात्रा जोखीमयुक्त भएपछि यात्रुहरु वीरगन्ज हेटौडा हुँदै काठमाण्डौ चल्ने टाटा सुमोबाट यात्रा गर्न बाध्य भएपछि त्यसैको मौका छोपेर टाटासुमोका सन्चालकहरुले महङ्गो भाडा लिन थालेको बताइएको छ । 

तर, नारायणी यतायात व्यवसायी संघका क्षेत्रीय उपाध्यक्ष विनोद मानन्धरले भने आफनो संघबाट सन्चालित टाटा सुमोहरुले सरकारले तोके अनुसारकै भाडा यात्रुहरुसंग लिने गरेको दाबी गरे ।  वीरगन्ज काठमाण्डौ रुटमा अन्य विभिन्न कम्पनीका पनि टाटासुमोहरु सन्चालनमा रहेको र उनीहरुले नै यात्रुसंग बढि भाडा लिएको हुन सक्ने मानन्धरको दाबी थियो । 

सरकारले वीरगन्ज–काठमाण्डौको एकतर्फि भाडा दर पाच सय ३० रुपैया निर्धारण गरेको छ ।  यात्रुहरुले तोकिएको भाडादर कार्यान्वयनका लागि  ट्राफिक प्रहरीले कडाई गर्नुपर्नेमा जोड दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप